प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने एकीकृत समाजवादीको निर्णय

  • फागुन २९, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।
पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा गणतन्त्रको रक्षाका लागि आगामी चैत १ गते पार्टीले सबै जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण दिने र त्यस कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । बैठकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालनका कार्ययोजना तथा भावी आन्दोलनका कार्यक्रम घोषणा गरी त्यसलाई प्रभावकारी बनाउनेबारे छलफल र चैत १ गते पत्रकार सम्मेलनमार्फत पार्टीको कार्ययोजनाबारे जानकारी दिने निर्णय गरेको छ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]