प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने एकीकृत समाजवादीको निर्णय

  • फागुन २९, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न आग्रहसमेत गरेको छ ।
पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा गणतन्त्रको रक्षाका लागि आगामी चैत १ गते पार्टीले सबै जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई काठमाडौँमा प्रशिक्षण दिने र त्यस कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । बैठकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालनका कार्ययोजना तथा भावी आन्दोलनका कार्यक्रम घोषणा गरी त्यसलाई प्रभावकारी बनाउनेबारे छलफल र चैत १ गते पत्रकार सम्मेलनमार्फत पार्टीको कार्ययोजनाबारे जानकारी दिने निर्णय गरेको छ ।

गौसेवक किसान दुग्ध उ ...

इटहरी । गौसेवक किसान दुग्ध उत्पादक सहकारी संस्था लि. इट ...

कोशी प्रदेशमा पशुपाल ...

इटहरी । सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयक ...

धान थन्काउने तयारीमा ...

भोजपुर नगरपालिका–५ बोखिममा किसान थन्काउ ...

महाकाली नदीको पुल ...

कञ्चनपुरस्थित महाकाली नदी माथि बनेको पक्की पु ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]