इटहरी । शुभ दिपावली, छठ पर्व लगायत चाडपर्वहरुको अवसर पारेर राष्ट्रिय जागृति क्लव इटहरीले नगर स्तरीय लोक नृत्य प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवले प्रत्येक वर्ष शैक्षिक सम्मान, पत्रकारिता सम्मान, फुटबल खेलाडी, क्रिकेट खेलाडी र श्रष्टा सम्मना गर्दै आएको छ ।
इटहरी ९ को जनता माविको खेल मैदानमा भएको नृत्य प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई श्रष्टा सम्मानबाट सम्मानित गरिएको छ । शैक्षिक सम्मानबाट जनता माविका प्रधानाध्यापक पशुपति सिग्देल र पत्रकारितातर्फ सुमन पूरी सम्मानित भए ।
साथै, फुटबल खेलाडी समिन घिमिरे, क्रिकेट खेलाडी भूपाल लुइटेललाई आ–आफ्नो क्षेत्रमा गरेको योगदानको मूल्याकंन गर्दै क्लबले दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरेको छ ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी र क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले सम्मान गरेका थिए ।
त्यस्तै उपमहानगर स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा राष्ट्रिय मावि पहिलो, कस्तुरी मावि दोस्रो र पिसजोन आवासिय तेस्रो भएका छन् ।
प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष आर.के राई, इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिवश पोख्रेल, नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेज बहादुर पुरी, लगायतको सहभागिता रहेको थियो ।