निर्वाचनको मौन अवधी

  • मंसिर ३, २०७९ / नेपाल रेखा
alt

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता पश्चात घोषित निर्वाचन कार्यक्रम अनुरुप मतदान पूर्वको अन्तिम कार्यक्रम मौन अवधी कायम रहेको छ । यही मंसिर १ गते राति १२ बजे देखि मौन अवधी शुरु भएको छ । लोकतान्त्रिक अभ्यास अनुरुप हुने निर्वाचनमा बहुमतीय (पहिलो हुने) प्रत्यक्ष निर्वाचन प्रणाली अनुरुप वालिग मताधिकार प्रयोग गर्ने अवसर प्राप्त छ भने समानुपातिक मत प्रणाली अनुरुप मतदान प्रत्यक्ष र प्रतिनिधि अप्रत्यक्ष भएको सम्भावित मत प्रणालीबाट राजनीतिक दलले प्राप्त मतलाई समानुपातिक रुपमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हासिल गरेको न्यूनतम मतबाट अधिकतम मतको गणना गरी त्यसको समानुपातिक स्वरुप अनुसार प्रतिनिधित्व प्राप्त गर्ने दलीय हैसियत अनुरुपको प्रतिनिधित्व पनि यस निर्वाचनले प्रत्याभूत गर्ने भएको हूँदा मतदाताहरुलाई त्यस्तो प्रतिनिधित्व प्रदान गर्ने कुरामा राजनीतिक मुद्दा, राजनीतिक दलहरुको घोषणापत्र, वर्तमान राजनीतिक परिवेश, राजनीतिक दलहरु सत्तामा हुँदा वा नहुँदा गरेका कामहरुको मूल्याँकन पुनर्मूल्याँकन, सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरुको क्षमता सिप, कला, कौशलता, प्रतिवद्धता, विश्वसनीयता समेतलाई लेखा जोखा गर्ने समयको रुपमा सुन्य समय, मौन समय, स्थिर समयका रुपमा यस्तो अवसरलाई उपयोग गर्न सकिन्छ । वस्तुतः निर्वाचनमा यस्तो समय विवेक पर्गेल्ने समयको रुपमा उपभोग गर्नु पर्ने हुन्छ ।
प्रचार प्रसारका अवधिमा देखिएको चुनावी रंगमन्चलाई यथार्थमा उपयोग गर्ने समयको रुपमा मतदाताहरुले कसलाई मत दिने भन्ने कुराको निश्चितता प्रदान गर्ने जन्म अवधिको गर्भ वा सन्ध्या अगाडीको उषाका रुपमा उपयोग गर्ने समय हो । यसलाई मतदाताहरुले एक आपसमा छलफल गर्ने, मत ऐक्यता काम गर्ने, प्रतिवद्धताहरुको लेखा जोखा गर्ने, उम्मेदवारहरुको निष्ठाप्रति विवेक सम्मत ढंगले विवेचना गर्ने, समयको रुपमा उपभोग गर्नु पर्दछ । किन भने सुन्य अवधिमा मतदाताहरुले अवलम्बन गरेको तयारीले नवीन सार्वभौमसत्ताको जन्म दिन सुहागरातको भूमिका निर्वाह गर्दछ ।
वितेका वर्षहरुको निर्वाचनको अभ्यासलाई हेर्दा राजनीतिक दल वा उम्मेदवारहरुले सुन्य समयलाई उपयोग गर्दा चुनावी तिकडम, आचरणका वर्खिलाप, मौन दुरासयका कामहरु वा न्यून साक्षर रहेका मतदान गर्ने एकिन सुझबुझ नभएका, समाजमा रहेका मतदाताहरुलाई ठालुहरुले डोर्याउने पद्दतिको विकास गर्ने अवसरको रुपमा उपयोग गर्ने गरेको र राजननितिक दलका कार्यकर्ताहरुले आचारसंहितलाई थाती राखी मतदाता आकर्षण गर्ने अस्वभाविक चरित्रहरु देखाउनेजस्ता कामहरुको लागि यस्तो अवसरलाई उपयोग गरेको देखिन्छ । राजनीतिक दल वा व्यक्ति उम्मेदवारहरुले सुन्य, मौन वा स्थिर समयलाई खास गरेर भन्ने हो भने मतदाताको मतदान गर्ने स्वतन्त्रताको आक्रमण गर्ने काममा प्रयोग गर्ने गरेको देखिन्छ । यस परिवेशमा जनताको ढोका ढोकमा मौन रुपमा पैसा दिएर मत किन्ने, सापेक्षित धाक, धम्की डर, त्रासको प्रयोग गर्ने, एक उम्मेदवार र अर्को उम्मेदवार विचको तुलना गरी गम्भिर आलोचनाहरु गर्ने सुत्रका रुपमा प्रयोग गर्ने गरेको छ । यसैले नेपाली समाजमा मौन समय भन्ने वित्तिकै मतदाताहरुको स्वतन्त्रता लुट्ने समयका रुपमा चित्रित हुँदै आएको छ । मौन समयको आदर्श एउटा र चरित्र अर्को भोगाईका पात्रमा समाज नै हो ।
नेपालको निर्वाचन प्रणालीमा आजसम्म पनि संसदीय लोकतन्त्रको चरित्र देखिदैन, संसद स्वयंमा नैतिकवान मानिसहरुको नीति निर्माण गर्ने थलोे हो भन्ने कुरामा राजनीतिक दलहरु स्वंममा दिक्षित छैनन् । उम्मेदवारहरुले आफुले मत प्राप्त गर्नु मुख्य र राजनीतिक चरित्र गौण विषय हो भन्ने कुरानै लामो समय देखि प्रयोग भएको देखिदा सार्वभौम सत्ताको जन्मनै विसंगति पूर्ण निर्वाचन हो भन्ने कुरामा विमति देखाउनु पर्ने अवस्था छैन । त्यस्तो वर्गीय संरचनाबाट बनेको संसदले जन्माउने सरकार पनि सोही प्रकृतिको अश्लिल, अस्वभाविक र संस्कारहिन हुने कुरामा प्रष्ट छ । संसदीय लोकतन्त्रमा त्यस्तो हविगत बनेको सरकार संसद प्रति उत्तरदायी हुने र संसद जनताप्रति उत्तरदायी हुने कुरा नै जन्मका दृष्टिकोणले विकलाङ्ग सिद्ध हुन्छ । महान उद्देश्यका लागि महान आदर्श र महान आदर्शका लागि सम्मानजनक व्यवाहार निर्वाचनको मौन समयमा देखिएन भने त्यस्तो निर्वाचनलाई बहुदलीय शासन व्यवस्थामा उपयुक्त मानिदैन । चेतना भया ।
(लेखक सुमनचन्द्र कार्की रिष्ठ अधिवक्ता र शालिग्राम पाण्डे अधिवक्ता हुनु हुन्छ ।)

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]