युवाहरूलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रमको माग

  • श्रावण १८, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    रामधुनी । सिपमुलक तालिम संचालनकालागि सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ को आयोजनामा अभिमुखिकरण कार्यक्रम डुम्राहामा बुधबार सम्पन्न भएको छ ।
    नेपाल युथ फाउन्डेसनको प्राबिधिक सहयोगमा संचालन हुने प्लम्बिङ र इलेक्ट्रोनिक तालिम सम्बन्धी कार्यक्रम भएको हो ।
    कार्यक्रमको प्रमुख अतिथि रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले सिपमुलक तालिम आय आर्जनकालागि रोजगारमुलक हुनु पर्ने धारणा राख्दै परिणाममुखी हुनु पर्नेमा जोड दिए । उनले तालिम फलदायी हुने बताउदै बिभिन्न संस्थाको साझेदारीमा सिपमुलक कार्यक्रम नगर क्षेत्रमा संचालन रहेको पनि जानकारी दिए । रामधुनीका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले रोजगारकालागि सिपमुलक तालिम आबश्यक रहेको चर्चा गर्दै रामधुनी क्षेत्रका सार्बजनिक बिद्यालयमा शैक्षिक स्तर गुणस्तहिन हुदै गरेकोमा चिन्ता व्यक्त गरे ।
    रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले सिप सिकेर प्रयोगमा ल्याउन सके आय आर्जन गर्न सकिने बताए ।
    कार्यक्रममा फाउन्डेसनका कार्यक्रम संयोजक लक्ष्मी घिमिरेले ६५ दिनसम्म संचालन हुने तालिम दुई सय ९० घण्टाको हुने बताइन् । उनले फाउन्डेसनको कार्यालय काठमाडौमा रहेको जानकारी गराउदै शिक्षा, बालबालिकाको पोषण र स्वरोजगारमुलक तालिम सस्थाले संचालन गर्दै आएको बताइन् । उनले तालिम लिएकालाई काम गर्ने वातावरणसमेत सस्थाले सिर्जना गरेको जनाइन् । वडा नं. ९ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, चन्द्र कमल माबिका पूर्व प्र.अ. बिश्व कार्की लगायतका बक्ताले युवाहरूलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रमको खांचो रहेको बताए ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]