युवाहरूलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रमको माग

  • साउन १८, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    रामधुनी । सिपमुलक तालिम संचालनकालागि सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ को आयोजनामा अभिमुखिकरण कार्यक्रम डुम्राहामा बुधबार सम्पन्न भएको छ ।
    नेपाल युथ फाउन्डेसनको प्राबिधिक सहयोगमा संचालन हुने प्लम्बिङ र इलेक्ट्रोनिक तालिम सम्बन्धी कार्यक्रम भएको हो ।
    कार्यक्रमको प्रमुख अतिथि रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले सिपमुलक तालिम आय आर्जनकालागि रोजगारमुलक हुनु पर्ने धारणा राख्दै परिणाममुखी हुनु पर्नेमा जोड दिए । उनले तालिम फलदायी हुने बताउदै बिभिन्न संस्थाको साझेदारीमा सिपमुलक कार्यक्रम नगर क्षेत्रमा संचालन रहेको पनि जानकारी दिए । रामधुनीका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले रोजगारकालागि सिपमुलक तालिम आबश्यक रहेको चर्चा गर्दै रामधुनी क्षेत्रका सार्बजनिक बिद्यालयमा शैक्षिक स्तर गुणस्तहिन हुदै गरेकोमा चिन्ता व्यक्त गरे ।
    रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले सिप सिकेर प्रयोगमा ल्याउन सके आय आर्जन गर्न सकिने बताए ।
    कार्यक्रममा फाउन्डेसनका कार्यक्रम संयोजक लक्ष्मी घिमिरेले ६५ दिनसम्म संचालन हुने तालिम दुई सय ९० घण्टाको हुने बताइन् । उनले फाउन्डेसनको कार्यालय काठमाडौमा रहेको जानकारी गराउदै शिक्षा, बालबालिकाको पोषण र स्वरोजगारमुलक तालिम सस्थाले संचालन गर्दै आएको बताइन् । उनले तालिम लिएकालाई काम गर्ने वातावरणसमेत सस्थाले सिर्जना गरेको जनाइन् । वडा नं. ९ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, चन्द्र कमल माबिका पूर्व प्र.अ. बिश्व कार्की लगायतका बक्ताले युवाहरूलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रमको खांचो रहेको बताए ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]