बालबालिकाका कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका संधै अग्रसर हुने

  • असार १७, २०७९ / नेपाल रेखा
alt

विराटचोक । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ । समावेशी बाल क्लब सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता भएका बालबालिका गरी ४० जनाभन्दा बढी सहभागी थिए ।
तालीम समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले बालबालिकाको क्षमता अभिवृद्धि गराई उनीहरुलाई हरेक क्षेत्रमा अघि बढाउने कार्यमा नगरपालिका सधैँ लाग्ने बताए । बाल सञ्जालको माध्यमबाट बालबालिकामा बढिरहेको आत्मविश्वासको आफूले मूल्याङ्कन गरेको बताउँदै उनले बालबालिकाले माग गरेका कार्यक्रम सञ्चालनमा नगरपालिका सदैव अग्रसर हुने प्रतिबद्धता जनाए ।
एक्लो व्यक्तिसँग प्रतिष्पर्धा नहुने र यस्ता तालिमले आत्मविश्वास बढाई जोसुकैसँग पनि प्रतिष्पर्धा गर्न सक्ने हिम्मतिलो व्यक्ति बनाउने हुनाले नेतृत्व विकास र क्षमता विकाससम्बन्धी तालिमको आवश्यकता परिरहने उनले औँल्याए । तालिममा रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले सहजीकरण गरेका थिए ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]