बालबालिकाका कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका संधै अग्रसर हुने

  • असार १७, २०७९ / नेपाल रेखा
alt

विराटचोक । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ । समावेशी बाल क्लब सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता भएका बालबालिका गरी ४० जनाभन्दा बढी सहभागी थिए ।
तालीम समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले बालबालिकाको क्षमता अभिवृद्धि गराई उनीहरुलाई हरेक क्षेत्रमा अघि बढाउने कार्यमा नगरपालिका सधैँ लाग्ने बताए । बाल सञ्जालको माध्यमबाट बालबालिकामा बढिरहेको आत्मविश्वासको आफूले मूल्याङ्कन गरेको बताउँदै उनले बालबालिकाले माग गरेका कार्यक्रम सञ्चालनमा नगरपालिका सदैव अग्रसर हुने प्रतिबद्धता जनाए ।
एक्लो व्यक्तिसँग प्रतिष्पर्धा नहुने र यस्ता तालिमले आत्मविश्वास बढाई जोसुकैसँग पनि प्रतिष्पर्धा गर्न सक्ने हिम्मतिलो व्यक्ति बनाउने हुनाले नेतृत्व विकास र क्षमता विकाससम्बन्धी तालिमको आवश्यकता परिरहने उनले औँल्याए । तालिममा रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले सहजीकरण गरेका थिए ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]