मातातीर्थ औँसी र आमाको सम्झना

  • बैशाख ३०, २०७८ / "नेपाल रेखा"
alt

 

आमालाई छोराछोरीको माया कति हुन्छ ? मापन गरेर भन्न गाह्रो छ । सन्ततिको उन्नतिमा सदा खुसी र दुःखमा दुःखी हुने आमाको भावना बुझ्न नसकेकोमा म कता–कता पिरोलिने गर्थेँ । तर सुरुमा त्यस्तो बुझ्नसक्ने ज्ञान थिएन, आर्थिक क्षमता पनि थिएन ।
माइला दाजु वीरबहादुर पाण्डे सानैमा रोजगारको सिलसिलामा भारत जानुभएको थियो । दाजु लामो समयसम्म घर फर्केर आउनुभएन । दाजु १२–१३ वर्षको उमेरमा भारतको आसाममा जानुभएको थियो । उतिखेर नेपालबाट अर्थोपार्जन गर्न धेरै नेपालीहरू आसाम जाने गर्थे । उतै केही वर्ष दुःख गरेर आर्थिक उपार्जन पनि गर्थे ।
आसाम गएकामध्ये कतिपय आय आर्जन गरेर नेपाल ल्याउने गर्थे भने कतिपय उतै घरजम गरेर बस्थे । कतिपयलाई भने पैसा ल्याएको थाहा पाएर भारतका विभिन्न सहरमा रहेका पकेटमारहरूले पकेट मारेर बिचल्ली बनाउने गर्थे ।
आमा दाजु वीरबहादुर पाण्डे आसाम गएर नआउनुभएकोमा समय–समयमा सम्झिँदै असाध्ये पीर मान्नुहुन्थ्यो । चाडपर्व आयो कि आमाको पहिलो काम माइला दाजुलाई सम्झिने हुुन्थ्यो । मेरो छोरा कहाँ गयो होला ? हे ईश्वर ! छिट्टै घर आओस् ! भनी भगवान्सँग प्रार्थना गर्नुहुन्थ्यो ।
हामी अरू पाँच भाइ छोरा, तीन दिदी–बहिनी छोरी आमाको साथमा नै थियौँ । कामको सिलसिलामा कतै जानुपरे पनि चाडपर्व दुःख–बिराम हुँदा आमानजिक हुन्थ्यौँ । आमाको माया–ममता हामीले पाइरहेकै थियौँ । तर माइला दाजु प्रवासबाट नफर्किनुभएकोमा आमा समय–समयमा बिलौना गरेर आँसु झार्नुहुन्थ्यो ।
त्यो समय हाम्रो परिवारमा जेठो–बाठो, हिँडेको–डुलेको, देखेजानेको ठूलो दाजु नरेन्द्रबहादुर पाण्डे हुनुहुन्थ्यो । इटहरीस्थित सडक कार्यालयमा जागिर खानुभएकोले उहाँलाई हिँडडुल गर्नमा कुनै समस्या थिएन । आमाको भाव बुझेर, ठूलो दाजु माइला दाजुलाई खोज्न दुई पटक आसाम जानुभयो । तर धेरै खोजखबर गर्दा पनि पार नलागेपछि रित्तो हात फर्केर आउनुपरेको थियो । दाजुको खोजी कार्यलाई सबैले ध्यानमा राखेको भए पनि उतिखेर मोबाइल फोन, फेसबुकको त कुनै नगरौँ टेलिभिजन, रेडियो, पत्रपत्रिकाको समेत सहज पहुँच थिएन । त्यसमा पनि माइला दाजु आसामको कुन ठाउँमा बस्नुभएको छ, त्यो यकिन नहुँदा कुनै सम्पर्क हुन सकेन ।
छोराछोरीप्रति आमाको माया कति हुँदो रहेछ भन्ने कुरा मैले उतिखेर अज्ञानताका कारण अन्दाज गर्न नसके पनि उस बेला आमाको आँखामा आएको आँसु सम्झन्छु । आज त्यो आँसुको मूल्य बुझ्ने प्रयास गर्दा थाहा पाउँदै छु– आमाको माया अपार हुने यो संसारमा आमाको भन्दा निस्वार्थ माया गर्ने अर्को कोही हुँदैन रहेछ ।
आमाले नौ महिनासम्म गर्भमा बोकेर अनेक कष्ट–वेदना सहेर जन्म दिन्छन् । छोराछोरीको दिसा–पिसाब, फोहोर रतिभर घिन नमानी सफा गर्नुहुन्छ । अमृतमय दूधपान गराउनुहुन्छ । च्याँ गरेर रोयो कि मेरो बाबु–नानीलाई के भयो होला भनेर हत्तपत्त समीपमा पुग्छन् । छातीमा टाँसेर दूधपान गराउँछन् । टाउको सुमसुम्याउँदै, हल्लाउँदै, थुमथुमाउँदै फुल्याउँछन् । आमाको यस्तो नैसर्गिक गुण मान्छेमा मात्र होइन, पशुपक्षीमा पनि उही प्रकारको हुने गर्छ ।
सानो उमेरमा के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने थाहा हुँदैन । चकचक गरेर शरीरमा चोट लाग्नसक्छ । शरीरमा दुःख–पीडा हुन सक्छ । तर त्यस्तो बेलामा छोराछोरीलाई भन्दा आमालाई बढी पीडा हुने गर्छ । छोराछोरी हुर्काउनमा सदा त्रास आमालाई हुन्छ । बिरामी भयो कि अस्पताल, वैद्य, धामी–झाँक्री कहाँ पु¥याउन मन लाग्छ, पु¥याउँछन् । औषधि खुवाउँछन् । बच्चाको सरसफाइ र सुरक्षाको पहिलो जिम्मा आमाकै हुन्छ । टुकुटुकु हिँड्न, तोते बोल्न सिकाउने पहिलो व्यक्ति पनि आमा नै हुने गर्छन् । बच्चाको तोतेबोली र शरीरको भाषा अरूले नबुझे पनि आमाले टड्कारै बुझ्छन् ।
आमालाई छोराछोरीको भविष्य सुन्दर होस्, छोराछोरी शिक्षित हुन् भन्ने कति चिन्ता हुँदोरहेछ भन्ने म आज सम्झिरहेको छु । पहाडबाट मधेस झरेपछि हामी झापा जिल्लाको लफातीमा बस्थ्यौँ । म गौरादहको हाइस्कुल पढ्थेँ । हामी पहाडबाट तराई झरेपछि सुरुमा गौरादहको किस्नेघाट भन्ने ठाउँमा केही महिना बस्यौँ । त्यसपछि लफातीमा हाम्रो बसोबास रहेको थियो ।
लफातीमा बस्दा मोही मुद्दाका कारण गाउँमा छिमेकीसँग झगडा भयो । झगडाका कारण ती परिवारका छोराछोरीले स्कुल जाँदा हेप्न थाले । विभिन्न अपशब्दले गाली गर्न थाले । त्यो कुरा मैले आमालाई सुनाए पछि आमाले मलाई तोपगाछी स्कुलमा नाम लेखाइदिन लिएर जानुभयो ।
तोपगाछीमा त्यस समयमा क्याम्पा स्कुल थियो । स्कुलका प्रधानाध्यापक लवप्रसाद ओली हाम्रो नाताभित्रको मानिस हुनुहुँदो रहेछ । आमाले मलाई चिनाइदिनुभयो र गौरादह हाइस्कुल पढ्दाको सबै बेलीविस्तार ओली सरलाई सुनाउनुभयो । ओली सरले उताको पढाइको कुनै प्रमाण नखोजी आमाको कुरामा विश्वास गर्दै मेरो नाम लेखाइदिनुभयो । म तोपगाछीको क्याम्पा स्कुल पढ्न जानथालेँ । तर क्याम्पा स्कुल धेरै टाढा भएकाले केही महिनापछि फेरि गौरादह स्कुल नै जान थालेँ । त्यतिखेरसम्म ती छिमेकीसँगको झगडा पनि साम्य भइसकेको थियो ।
पछि हाम्रो परिवार मोरङको हसन्दह बसाइ स¥यो । हसन्दहबाट सात कक्षा पढ्न बक्राहा खोलापारिको देवीथान स्कुल जानुपथ्र्यो । एक दिन स्कुल छुट्टी भएर घर आउने क्रममा खोलामा बाढी आएको रहेछ । बिहान स्कुल जाँदा खोलामा त्यति पानी थिएन, फर्किँदा धेरै पानी थियो । मैले बाढी आएको भन्ने कुरा सुरुमा खासै हेक्का राखिनँ । खोला तर्न थालेँ । तर्ने क्रममा पानी बढ्दै गयो, तरिसक्न लाग्दा खोलाको ठूलो भँगालोले झन्डै बगायो ।
खोला तरिसकेपछि गाईबस्तु चराइरहेकाहरूले ‘आज बचिस्, खोलामा बाढी आएको थाहा पाइनस्,’ भनेर भने । नभन्दै खोला सुसाएर छिनभरमै ठूलो बाढी आयो । त्यही समयमा मसँग देवीथानमा पढ्ने टिमटिमेका एक जना साथी हसन्दहबाट मकै पिसाएर टिमटमे जानलाई बक्राहा खोला तर्दै थिए । उनलाई पनि खोलाले झन्डै बगायो ।
तर्ने क्रममा सुरुमा उनले टाउकोमा बोकिराखेको मकैको बोरा खोलामा झ¥यो । उनले त्यो मकैको बोरा पक्रिएर पाखामा निकाल्ने प्रयास गर्दा झन्डै उनलाई नै बगाएको थियो । म सानो भएकाले खोलाले बगाउन आँटेका ती साथीलाई मद्दत गर्ने आँट आएन । किनकि केहीछिन अघि आफू नै झन्डै बगेको थिएँ ।
उनी बग्न लागेको देखेर मैले हतासिँदै उनलाई मद्दत गर्न गोठालाहरूलाई भनेँ । उनीहरूले ती साथीलाई मद्दत गरेर वारि ल्याए । करिब एक घण्टापछि खोलाको बाढी घट्यो । बाढी घटेपछि ती साथी आफनो घर टिमटिमे गए । त्यो परिदृश्य आज पनि मेरो मानसपटलमा रहिरहेको छ ।
स्कुलबाट आउँदा मलाई खोलाले झन्डै बगाएको कुरा घरमा पुगिसकेको रहेछ । भोलिपल्टदेखि मलाई स्कुल त के खोलातिर समेत जान पारिवारिक प्रतिबन्ध लाग्यो । साउन एक महिना स्कुल छुट्टी हुने भए पनि असार, भदौ, असोज महिनामा खोलामा बाढी आउने गथ्र्याे । बाढीको पीरले स्कुल जान नपाएपछि मलाई पढाइ छुट्ने चिन्ताले सतायो । मैले आमासँग पढाइ बिग्रिन लागेको गुनासो गरेँ ।
बुबा र दाजु मलाई कुनै हालतमा खोलापारि पढ्न जान दिने पक्षमा हुनुहुन्नथ्यो । तर आमाले मेरो भावना बुभ्mनुभयो । उहाँले बुबा र दाजुलाई मेरोबारेमा सम्झाउनुभयो । खोलापारि टिमटिमेमा काकाको घर थियो । आमाले मलाई काकाको घरमा लगेर ‘वर्षायामभरि मेरो छोरा यहीँ बसेर पढोस्, म यसलाई चाहिने सामल (खाद्यान्नहरू) ल्याइदिन्छु,’ भन्नुभयो । काकाकी आमा (मेरी हजुरआमा) हजुरआमाले ‘हुन्छ नाति यहीँ बसेर पढ्छ, आप्mनै घर हो, भइहाल्छ नि,’ भन्नुभयो । उहाँले हाम्रो जस्तो जमाना होइन, अब त छोराछोरीलाई नपढाए कामै छैन भन्दै मलाई धाप पनि मार्नुभयो ।
त्यसपछि म बर्से बिदापछि वर्षायाम नसकिएसम्म काकाको घरमा बसेर पढेँ । त्यहीँबाट सात कक्षा पास गरेँ । पास त भएँ तर देवीथान स्कुलमा आठ कक्षाको पढाइ थिएन । नजिकमा अरू स्कुल नहुँदा आठदेखि कहाँ पढ्ने भन्ने समस्या प¥यो । तर आमाले त्यसको पनि समाधान निकाल्नुभयो । आमाले भद्रपुर मावलमा बसेर पढ्छस् भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ ।
त्यसपछि आमाले मलाई भद्रपुरका मामा बखतबहादुर खड्काको घर लैजानुभयो । मामा र माइजूलाई ‘उता भानिजले पढ्न पाएन, त्यसैले यहाँ ल्याएकी हुँ, यहीँ बसेर पढोस्,’ भन्नुभयो । छोराले पढ्न पाए हुन्थ्यो भनेर मेरालागि आमाले जुन ढङ्गले मामा–माइजूसँग कुरा गर्नुभयो, म अलि कच्चै भएकाले सबै कुरा राम्ररी बसझ्न सकिनँ । तर आमाले कसरी हुन्छ छोरोले पढ्न पाए हुन्थ्यो भनेर सायद भावुक भएर मामा–माइजूलाई भन्नुभयो होला । त्यसैले मामामाइजूले पनि सहर्ष स्वीकार्नुभयो । यसरी मलाई मामाको घरमा बसेर माध्यमिक तहको पढाइ अगाडि बढाउने मौका मिल्यो ।
आमाले मलाई छोडेर फर्किने बेलामा माइजूलाई मेरा बारेमा सायद छोरो भोको नरहोस् भनेर केही विशेष अनुरोध गर्नुभयो । मैले मावलमा बस्दा माइजूको मप्रतिको व्यबहार आमाको झैँ स्नेहमयी पाएँ । भोक–तिर्खा सबै माइजूले बुझ्नुहुन्थ्यो । के खान मन लागेको छ सोधेर दिनुहुन्थ्यो । भनाइ मावल भए पनि घरभन्दा कुनै कुरामा कमी भएन । अहिले सम्झिन्छु, त्यो बेला आमाले मलाई सही ठाउँमा पु¥याउनुभएछ । आमाले फर्किने बेलामा मामालाई ‘लु भानिजलाई पढाउने जिम्मा लाएँ, राम्रो हेरदेख गरि दिनुहोला,’ भन्नुभएको अहिले जस्तो लाग्छ ।
मलाई आमाले भद्रपुर मामाघरमा पु¥याउनु नै मेरो भविष्य उज्ज्वल बन्ने पहिलो सोपान थियो । मैले पढाइसँगै मावलमा धेरै कुराहरू सिक्ने मौका पाएँ । भद्रपुर हाइस्कुल पुरानो र नाम चलेको स्कुल भएकाले त्यहाँ राम्रा अनुभवी शिक्षकहरू थिए । स्कुलको अनुशासन र शैक्षिक वातावरण निके राम्रो थियो । स्कुलमा त्यस समयमा सिकेको अनुशासन आजसम्म मलाई काम लागिरहेको छ । यसरी आमाको अग्रता, प्रयास र हौसलाका कारण मैले अध्ययनलाई अगाडि बढाउने विशेष अवसर पाएको थिएँ । म आज शिक्षित भएर समाजमा आफ्नो पहिचान बनाउन सक्नुमा मेरी आमाको ठूलो हात छ ।
आज आमा स्वर्गवासी हुनुभएको २५ वर्ष बितिसकेको छ । तर पनि मलाई आमाको काखमा लुटुपुटु भएको, आमालाई दङ्ग्याएर इच्छित वस्तुहरू मागेको, उहाँले मेरो पठनपाठनमा हौसला दिनुभएको कुरा हुबहु सम्झिरहेको छु । मलाई छोराझैँ माया गरेर मेरो पठनपाठन, खानपिन, दुःख–बिमार हेर्नुहुने माइजू इन्दिरा खड्का र पढाइ खर्च व्यहोरीसहयोग गर्नुहुने मामा बखतबहादुर खड्का पनि स्वर्गवासी हुनुभइक्यो । मातातीर्थ औँसीको अवसरमा आमासँगै उहाँहरूको आत्माले सदैव बैकुण्ठवास पाओस् भन्ने कामना तथा श्रद्धाञ्जली अर्पण गर्छु ।
अचेल जति उमेर बित्दै गयो, उति आमाको सम्झना आउने गर्छ । म सानोमा सारै चकचके थिएँ रे ! त्यसो हुँदा आमालाई मैले कति हैरान बनाएँ हुँला, कति सताएँ हुँला ! त्यसप्रति क्षमायाचना गर्छु । आमाको माया, ममता, स्नेह र चाहनाले नै म यहाँसम्म आइपुग्न सकेँ । त्यसका लागि सदैव ऋणि रहनेछु । आज आमा सशरीर साथमा नभए पनि उहाँको तस्बिर हेरेर मन बुझाउँछु । सदैव उहाँले देखाउनुभएको सत्यपथमा निर्भिक भएर हिँडिरहने प्रतिबद्धता व्यक्त गर्छु ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]