राज्यको चौथो अंग भनेर कहलिएको पत्रकारिता जनताको सत्य तथ्य सूचनाको सम्वाहक मात्र होईन सूचनाको एउटै आस्था र भरोसाको केन्द्र पनि हो । पत्रकारिता लाई धुमिल बनाउनेकाम बजारमा भनिए जस्तो थरिथरीका पत्रकारहरु बाट नै हुनेगरेको छ । तसर्थ महासंघलाई नेतृत्व थरिथरीका पत्रकारहरुको चाहिएको होकी, एक योग्य, ईमान्दार, क्षमतावान र जनभावनाको कदर गर्ने असल पत्रकार चाहिएको हो हामीले बुझ्नु पर्ने कुरा हो ।

नेतालाई मान र पद दिलाउनका लागि मात्र नागरिकले भोट हाल्ने होईन । पक्कै पनि जनभावना अनुरुप जनहितमा नीतिनिर्माण गरि राज्यलाई शुसासन, विकाश र न्यायको को बाटोमा डोर्याउन एक असल र सक्षम नेतृत्वको चयनका लागि नागरिकले मतदान गरेको हुनुपर्छ तर पद र प्रतिष्ठा गमक्र्याए पछि साँढे चरित्र हावी हुने प्रवृत्तिले राजनीतिको बिस्वसनियता गुम्दै गएको दृष्टान्त जनता संग छ ।
दुरुस्तै नेपाल पत्रकार महासंघ पनि दलिय स्वार्थ र गुटबन्दिको राजनीति बाट अछुतो रहेको छैन् । महासंघको कार्यशैली र प्रणालिको ब्यावहारिक पक्षमा देखिएको कमजोरीले महासंघको बिश्वसनियतमा पनि प्रश्न चिन्ह खडा हुन थालेको छ ।
पत्रकारहरुको हक–हित र अधिकारको रक्षार्थ खडा गरिएको एउटा आम–समाज ९mबकक कयअष्भतथ० हो नेपाल पत्रकार महासंघ । यो पत्रकारहरुको साझा मञ्च हो । यो संस्थामा नेतृत्व गर्ने र नेतृत्व चयन गर्ने अधिकार सवै सदस्यहरुलाई महासंघको बिधानले सुनिश्चित गरेको छ ।
तर योग्य पत्रकारलाई सदस्य दिने नदिने बारे महासंघको बिधान निर्देशित हुन्छ की पदाधिकारी...? कतै सदस्य हुन बाटै बन्चित गराईएको भए बिधानले के भन्छ... ? पत्रकारलाई पत्रकार होईन भन्ने पत्रकार आफुचाँहि ठुलो पत्रकार; सदस्यता बितरणमै अनियमितता भएपछि जनताको सूचनामा कसरी जगाउन सकिन्छ बिश्वसनियता...? न्यायको घाँटी थिचिँदा अन्यायको बिरुद्ध किन नबोल्ने महासंघ... ? कलमको सहाराले समाजको सेवा गर्ने प्रतिबद्धता लिएको पत्रकारले सामाजिक सेवानै आफ्नो पहिलो धर्म हो भनेर बुझ्न सक्नुपर्छ । चुलोचौका देखि सडकमा दादागिरी गर्ने सदस्यताको लाईसन्स बितरण गर्ने संस्था बनाउनु हुँदैन महासंघ; एक पटक चिन्तन् मनन् गरौं ।
नेपाल पत्रकार महासंघको साधारण सभाले आज २०७७ चैत्र २५ गते केन्द्र, प्रदेश र शाखाहरुका लागि एकै दिन हुने निर्वाचनले नयाँ नेतृत्व प्रदान गर्दैछ । मुलुकमै सवैभन्दा बढी समावेशी र पहिले संघिय ढाँचामा गएको संस्था पनि नेपाल पत्रकार महासंघ नै हो । स्थापना कालको ६६ औं वर्षमा पुगेको महासंघका अहिले प्रदेश समिति ७ वटा, जिल्ला साखा ७६ वटा, प्रतिष्ठान शाखा ४२ वटा, बैदेशीक शाखा ११ वटा र १२ वटा एशोसिएट संस्थाहरु रहेका छन् भने सदस्यता शुद्धिकरण पश्चात पनि सदस्यता संख्या बृद्धि गरि अहिले लगभग १३ हजार सदस्यता महासंघमा रहेको तथ्याङ्कले देखाउँछ ।
राज्यको चौथो अंग भनेर कहलिएको पत्रकारिता जनताको सत्य तथ्य सूचनाको सम्वाहक मात्र होईन सूचनाको एउटै आस्था र भरोसाको केन्द्र पनि हो । पत्रकारिता लाई धुमिल बनाउनेकाम बजारमा भनिए जस्तो थरिथरीका पत्रकारहरु बाट नै हुनेगरेको छ । तसर्थ महासंघलाई नेतृत्व थरिथरीका पत्रकारहरुको चाहिएको होकी, एक योग्य, ईमान्दार, क्षमतावान र जनभावनाको कदर गर्ने असल पत्रकार चाहिएको हो हामीले बुझ्नु पर्ने कुरा हो ।
मुलुकमा पत्रपत्रिकाका संगै संञ्चारका लागि रेडियो टेलिभिजन, अनलाईन लगायतका विभिन्न सञ्चारका आयामहरु थपिएका छन् । सवै सञ्चार माध्यममा आवद्ध सवैको आवाज, जात, जाति, भाषा, धर्म सवैलाई समान ब्यवहार गर्न नसक्ने, सवै दलिय आस्थालाई समान ब्वहार नगर्ने, अरुका आवाज बोल्ने तर संगठन भित्रैका बिकृतिका बारेमा नबोल्ने ब्यक्तिलाई महासंघको नेतृत्व दिन नहुने कुरामा पत्रकारहरु सचेत रहनु पर्दछ ।
सत्य तथ्य सूचनामा स्वार्थ राख्ने गुण हुनुपर्ने पत्रकारिता राजनीति, गुटबन्दिमा हार जितको स्वार्थमा गाँजिएको छ । अब राजनीतिक आशिवार्द र नेता हुने रहरले मात्र महासंघ चल्नु हुँदैन । जित जसको भएपनि अव यो सारा पत्रकारको जित बन्न र भन्न सक्नु पर्छ । सवै पत्रकारहरुको साझा स्वार्थमा काम गर्ने महासंघ बनाउन पत्रकारहरुले आफ्नो योग्य उम्मेदवार चयन गर्नै पर्दछ । सवैलाई शुभकामना ।