परीक्षा समितिको लापर्वाहिले उर्तिण परीक्षार्थी मर्कामा

  • चैत ६, २०७७ / "नेपाल रेखा"
alt

जनक पाण्डे
इटहरी÷दृष्टिबिहिनहरुकालागि खुलाइएको राहत शिक्षक पद पूर्तिको प्रथम चरणको वस्तुगत परीक्षा पश्चात सम्पूर्ण परीक्षा प्रकृया रद्द गरिदा उत्तिर्ण परीक्षार्थी मर्कामा परेका छन् ।


प्रथम चरणको वस्तुगत परीक्षाको नतिजा प्रकाशन गरेर दोस्रो चरणको परीक्षाको निर्धारित समयको पूर्व सन्ध्यामा परीक्षा प्रकृया रद्द हुँदा छनौटका लागि उत्तिर्ण भएका तीन जना दृष्टिबिहिनहरुमा दुहवी नगरपालिका–१२ का दिनेश मण्डल, बेलवारी नगरपालिका–८ की मायावति राजवंशी र सिरहाका श्रवण महतो मर्कामा परेका हुन् ।

162191156_316141913305873_4038728354019313646_n


दुहवी नगरपालिका–१२ नं. वडा पूर्वकुशाहा स्थिति श्री शारदा आधारभूत विद्यालयको रिक्त रहेको करारमा दृष्टिबिहिन शिक्षक पद पूर्तिका लागि परीक्षा प्रकृया अनुसार फाल्गुण १५ गते लिइएको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन पश्चात दोस्रो चरणको परीक्षामा सामेल हुन नपाउँदै फाल्गुण २४ गते परीक्षा रद्द गरिदा आफूहरु मर्कामा परेको परीक्षार्थी मायावति राजवंशीले बताइन् ।


“निष्पक्ष परीक्षा गराएको भए राम्रो हुन्थ्यो, तीनैजना दृष्टि बिहिन थियौं, जो छनौट भएपनि गुनासो रहने थिएन” । उनले बताइन्–“फाल्गुण २४ हुने भनिएको दोस्रो चरणको निर्धारित परीक्षा दिउसो सम्ममा स्थगित भनियो, फेरि बेलुकातिर परीक्षा प्रणाली नै रद्द गरिएको खबर आयो” ।


अर्का सिरहा गोलबजारका दृष्टिबिहिन श्रवण महतोले परीक्षा निश्पक्ष ढंगले सञ्चालन गरिनु पर्ने तर परीक्षा ब्यवस्थापन समितिको लापरवाहिका कारण आफूहरुलाई अन्याय भएको बताए । “परीक्षा प्रणाली रद्द भएकोमा सारै दुःख लाग्यो, सहयोगी राख्न पाउने नियम नै हो तर ब्यवस्थापनले परीक्षार्थीका कागजात पहिले नै रुजु गराएर मात्र परीक्षा सञ्चालन गराउनु पर्ने थियो ।’ “उनले भने–परीक्षालाई नियम संगत बनाउन पहिले नै सचेत भएको भए अहिले ् कसैलाई पनि मार्का पर्ने थिएन” ।


फेरि पनि परीक्षा दिनु पर्ने भए अझ बढी अंक ल्याउन सक्नेमा आफु ढुक्क रहेको पनि परीक्षार्थी सिरहाका श्रवण महतोले बताएका छन् ।


त्यस्तै कीर्ते सहयोगी राखेर परीक्षा दिएको भन्ने आरोप खेपिरहका दिनेश मण्डल आफ्नो अंक राम्रो आएकोले आफुमाथि षड्यन्त्र गर्न खोजिएको बताउँछन् । यसले आफू मर्कामा परेको उनको गुनासो छ । आफूले कुनै कीर्ते कागजात नपेसी बिराटनगर स्थित सिफारिस गरिएकै श्री श्रृजना ज्ञानकुन्ज माबिमा कक्षा १२ मा अध्ययनरत रविन यादवलाई आफ्नो सहयोगी राखेको पूर्वी हटलाईन दैनिकलाई टेलिफोनमा बताएका छन् ।


श्री शारदा आधारभूत स्कूलका प्र.अ. सुरेन्द्र खत्रीले परीक्षाका लागि कागजात प्रक्रिया जाँच गल्ती भयो तर, दुहबी नगरपालिकाका शिक्षा विकास अधिकृत विकास घिमिरेले परीक्षा प्रक्रिया अनुसार सबै परीक्षार्थीको कागजात रुजु गराएर परीक्षा संचालन गराउनु पर्ने थियो । उनले भने–‘मेरो मात्र जिम्मेवारी देखाईयो छनौट समितिका सबै सदस्यहरु जिम्मेवार हुनु पथ्र्यो ।’


अब के हुन्छ भन्ने जिज्ञासामा प्र.अ.सुरेन्द्र खत्रीले भने– “छिट्टै व्यवस्थापन समितिको बैठक राखेर रिक्त शिक्षक पदपूर्ति प्रक्रिया अगाडि बढाउने या नबढाउने निर्णय हुन्छ” ।


उता, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्र.अ.को भूमिकामा शंका उब्जिएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार बताउछन् । परीक्षा निश्पक्ष हुने सम्भावना नदेखिएको निष्कर्षसहित नगर प्रमुख निर्णय अनुसार अनुमति देखिकै शिक्षक छनौटका सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको शिक्षा शाखा अधिकृत विकास घिमिरेले जानकारी दिए ।

परीक्षा विधिसम्मत हुनै पर्ने अडानका कारण नगरप्रमुख निर्णय अनुसार फाल्गुण २५ गते परीक्षाका सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको जनाइएको छ ।
एक परीक्षार्थीले नक्कली सहयोगी राखेर परीक्षामा सामेल भएको भन्ने कुराले परीक्षा प्रणालीमा शंका उब्जिएको थियो । दृष्टि बिहिन उम्मेदवारले परीक्षामा सहयोगी राख्न १२ कक्षा अध्ययनरत हुनुपर्ने मापदण्ड तय गरिएको थियो । फाल्गुण १५ गते लिइएको प्रथम चरणको परीक्षामा सवै उम्मेदवार परीक्षार्थीले एक÷ एक जना सहयोगी लिएर परीक्षामा सामेल भएका थिए ।


समितिको नियमानुसार फाल्गुण १५ गते लिइएको प्रथम चरणको बस्तुगत परीक्षामा ८ जनाले आवेदन दिएका मध्ये ७ जना उम्मेदवार परीक्षामा सामेल भएका थिए । नतिजा पश्चात दोस्रो चरणको परीक्षाका लागि तिनजना मायावती राजवंशी, श्रवण महतो र दिनेश मण्डल अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका थिए ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]