इटहरी रंगशालामा फ्लर्ड लाईट जडान

  • वैशाख २३, २०८० / नेपाल रेखा
alt

सुनसरी । इटहरी रंगशालामा फ्लर्ड लाईट जडान गरिएको छ । ३७ करोड भन्दा बढी लगानी भएर स्पोर्टस कम्प्लेक्समा परिणत भएको इटहरी रंगशालामा फ्लड लाईट जडानका लागि यसै आर्थिक बर्षदेखि काम सुरु भएको थियो । अहिले रंगशालाको पश्चिम तर्फको दुई वटा कुनामा लाइट जडान गरिएको छ । जडान गरिएको उक्त लाईटको शुक्रबार राति परिक्षण समेत गरिएको छ ।
रंगशालामा लाईट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद बिकास बोर्डले चालु आर्थिक बर्षमा ८० लाख रुपैया बजेट उपलब्ध गराएको छ । थप रकम आगामी आर्थिक बर्षमा उपलब्ध गराइने सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । लाईट जडान भएपछि आगामी बर्ष आयोजना हुने १४ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता रात्रीकालिन हुने आयोजक राष्ट्रिय जागृती क्लब इटहरीका कोषाध्यक्ष अनुरोध थापाले बताए । प्रदेश सरकारले उपलब्ध गराएको बजेट स्थानीय सरकारले समन्वय गर्न ढिलाई गरेका कारण गत चैत्र ४ गतेदेखि १० गतेसम्म भएको १३ औं संस्करणको गोल्डकप रात्रीकालिन रुपमा आयोजना गर्न नसकिएको थापाको भनाइ छ । बिभिन्न खेलकुदका एक दर्जन बढी संरचना भएको सुबिधा सम्पन्न इटहरी रंगशालामा एकै पटक १२ वटा सम्म खेलकुदका प्रतियोगिता सञ्चालन गर्न सक्ने संरचना निर्माण भैसकेका छन् । रंगशालामा ४ हजार दर्शक क्षमताको भिआईपी प्याराफिट समेत निर्माण सम्पन्न भएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]