मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई

  • चैत ५, २०७९ / नेपाल रेखा
alt

विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।
जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे ।
उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पायो । उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।
खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाए । वादल तमाङ्गले निकालिदिएको क्रस पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औंं मिनेटमा झापाका प्रविण राईले गोल गरी दोब्बर बनाए । विक्रम राईले निकालेको पास प्रविणले जाली चुमाए ।
दोस्रो हाफदेखि सिरहाले आक्रामक खेल पस्कियो । ५० औं मिनेटमा सिरहाका बिनु आले मगरले गोल गरी २–१ को अग्रता बनाए । सिरहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टर एरियादेखि बललाई एक्लै अगाडी बढाएर गोलमा परिणत गर्दै टिमको जित सुनिश्चत गरे । सिराहका अब्दुलको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिपर आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका बिधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याएका थिए ।
प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए । यस्तै उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।
सो अवसरमा खेलकुदमा योगदान पु¥याउने तीन जनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रष्टका अध्यक्ष किशोर शाहीले, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । फागुन २७ देखि चैत ४ गते सम्म संचालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]