७० लाख बढी खर्चमा इटहरी अन्तर्राष्ट्रिय गोल्डकप आयोजना हुदै

  • फागुन २८, २०७९ / नेपाल रेखा
alt

अर्जुन शर्मा
इटहरी । सुनसरीको इटहरी रंगशालामा १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
इटहरीको पुरानो क्लब राष्ट्रिय जागृतीले इटहरी गोल्डकपको आयोजना तयारी गरेको हो । आगामी चैत्र ४ गतेदेखि यो प्रतियोगिता आयोजना हुने राष्ट्रिय जागृती क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
गोल्डकपलाई भव्यतापूर्वक सम्पन्न गर्नको लागि ७० लाख बढी खर्च हुने अनुमान गरिएको छ । खेलमैदान मर्मत तथा स्टेज निर्माण ३ लाख, उद्घाटन तथा समापन समारोहमा २ लाख, खेलको लागि आवश्यक सामाग्री–फुटबल १० थान, पोल नेट १ सेट, कर्नर फ्लाग २ लाख ५० हजार नगद पुरस्कार–विजेता टिमलाई १० लाख, उप–विजेता टिमलाई ५ लाख, म्याद अफ द म्याच उत्कृष्ट विद्यातर्फ नगद पुरस्कार ३ लाख, गेट निर्माण, व्यानर छपाई १ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।
त्यसैगरि, प्राथमिक उपचार १ लाख ५० हजार, विज्ञापन, पम्प्लेटिङ्ग, पोस्टर, माइकिङ्ग, पत्र–पत्रिका, भिडियो २ लाख, रेफ्री भत्ता ३ लाख, सहभागि टिमको खर्च ३२ लाख, यातायात व्यवस्थापन खर्च २ लाख, मसलन्द खर्च २ हुने अनुमान गरिएको छ ।
साथै गोल्डकपबाट अनुमानित आयमा इटहरी उपमहानगरपालिकाबाट ११ लाख, खेलकुद विकास बोर्ड कोसी प्रदेशबाट १४ लाख, स्थानीय सहयोगी दाताहरुबाट, प्रवेश शुल्क तथा टिकट बिक्रीबाट २१ लाख, प्रायोजक, सहप्रायोजकबाट १५ लाख राष्ट्रिय खेलकुद परिषदबाट १० लाख प्राप्त हुने आयोजकको विश्वास छ ।
अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप २०७९ लाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म संचालन हुने गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्घा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा भाग लिइने पत्रकार सम्मेलनमा बताइयो ।
गोल्डकपको समग्र खर्च ७० लाख ५० हजार हुनसक्ने आयोजक तथा खेल संयोजक अनुरोध थापाले बताएका छन् । पत्रकार सम्मेलन आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले इटहरीलाई फुटबल खेलको उर्वरभूमि बनाउनु आफूहरुको लक्ष्य भएको बताए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]