‘प्रतिविम्बमा काली मन्दिर’ ग्रन्थको विमोचन

  • माघ २८, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ विमोचन गरिएको छ ।
काली मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘प्रतिविम्बमा खाली मन्दिर’ नामक ग्रन्थको विमोचन गरे । विमोचित ग्रन्थका विषयमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी र प्राध्यापक तथा समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सबै क्षेत्रको समुचित विकासले मात्रै समग्र विराटनगरको विकास हुने धारणा राखे ।
उनले भाषा, साहित्य, धर्म, संस्कृति र कलाको विकासले मात्रै समाजको दिगोको विकास हुने उल्लेख गरे । विराटनगरभित्र रहेका सबै धर्म र समुदायको संरक्षणमा महानगर गम्भीर रहेको मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए । ग्रन्थमा मन्दिर स्थापनादेखि हालसम्मको अवस्था समेटिएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]