दुहबी । फुटबल खेलाडीलाई प्रोत्साहित र प्रोत्साहन प्रदान गर्न सुनसरीको दुहबीमा पांचौ मेयर कप फूटबल प्रतियोगिता हुने भएको छ ।
शृक्रबार दुहबी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुख बेदनारायण गच्छदारले नगरभित्र बसोबास गर्ने वासिन्दाहरुको एक आपसमा परिचय, मित्रता, आपसी सद्भाव र हरेक वडामा फूटबलको महत्व तथा फुटबल खेलाडीलाई प्रोत्साहित र प्रोत्साहन गर्न पांचौ मेयर कप फूटबल प्रतियोगिता संचालन गर्न लागिएको सो कुरा बताएका हुन् ।
शृक्रबार दुहबी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन १ गते देखि १२ गते सम्म पांचौं मेयरकप फुटबल प्रतियोगिता सुरु हुने आयोजकले जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै दुहबी नगरपालिकाका नगर प्रमुख गच्छदारले नगरभित्र यस्तो प्रतियोगिता हुनु सम्पूर्ण नगरवासीका लागि खुशीको कुरा रहेको र यस प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन, खेलकुद प्रेमिमा हौसला प्रदान हुने बताउँदै यस प्रतियोगिताका लागि नगरपालिका र आफुले प्रतियोगिताका लागि आफ्नो सक्दो सहयोग रहने बताए ।
नगर प्रमुख गच्छदारले स्थानीय स्तरका खेलाडीहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कप सुरु गरिएको बताउदै दुहबीमा फूटबल एकेडेमी बनाउने अबधारणा अघि सारेको जनाए । मेयर गच्छदारले दुहबीमा २ वटा गोल्ड कप र १ मेयर कप हुनु भनेको सुनसरीमै पहिलो स्थानीय तह भएको दाबी गरे ।
दुहबी नगरपालिकाको आयोजनामा हुने मेयर कपको संयोजन एलेभेन एरोज क्लब दुहबीले गरेको क्लबका अध्यक्ष दीपक राईले जानकारी दिए। प्रतियोगितामा दुहबीका नगर क्षेत्रका १२ वडाले प्रतिस्पर्धा गर्नेछ । प्रथम हुने टिमलाई १ लाख २५ हजार २ सय बाइश रुपैया नगद शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।
यसै गरि दोस्रो हुने टिमलाई ७५ हजार हजार २ सय २२ रुपैया नगद शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । र प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने बताइएको छ ।
उक्त प्रतियोगिता संचालन गर्न आयोजक दुहबी नगरपालिकाले संयोजन एलेभेन एरोज क्लब दुहबीलाई ११ लाख रकम बिनियोजन गरिएको नगर प्रमुख बेदनारायण गच्छदारले जानकारी दिए ।
आयोजित पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदार, नगरउपप्रमुख मेनुका पोखरेल खतिवडा, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, वडाका वडा अध्यक्षहरु, क्लबका पदाधिकारीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायत नगरवासीहरुको उपस्थिति रहेको थियो ।