निशान भगवती मन्दिर परिसरमा ढुङ्गेधारा र प्रवेशद्वार उद्घाटन

  • माघ १३, २०७९ / नेपाल रेखा
alt

धनकुटा । नेपाली सेनाले १८ औं शताब्दीको इतिहासलाई पुनःजिवित बनाउने उद्देश्यले धनकुटामा रहेको निशान भगवती मन्दिर परिसरमा निर्मित पुरातात्विक ढुङ्गेधारा र मुल प्रवेशद्वार समुद्घाटन तथा तोप प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेना क्युआईपि अन्तर्गत बिनियोजित १० लाख र स्थानीयको सहयोगमा भिमदल गणले निर्माण सम्पन्न गरेको हो ।
पुरातात्विक संरचनाहरूलाई जगेर्ना गर्ने नीति अनुरूप नेपाली सेनाको लक्ष्य पुरा गर्न ऐतिहासिक संरचनाहरूलाई प्रतिस्थापन गरिएको सहायक रथी ः नम्वर २ बाहिनी हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापाले बताए ।
विक्रम सम्वत् १८४० भन्दा अगाडि धनकुटामा जंगी निशान भगवतीको स्थापना भएको इतिहासलाई जगेर्नाका साथै सौन्दर्यकरणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
विक्रम सम्वत् १८४० भन्दा अगाडि धनकुटामा जंगी निशानको स्थापना भएको इतिहाससँगै रहेका यी पुरातात्विक ऐतिहासिक भौतिक संरचना नेपाली सेना र सरोकारवाला निकायको सहयोगमा खोजी गरी पुनःजिवित गराएर धनकुटाको छुट्टै ऐतिहासक पहिचान दिलाउन भौतिक संरचना निर्माण भिमदल गण सल्लेरी व्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाको सक्रियतामा भएको मन्दिर व्यावस्थापन समिति सदस्य सचिव जनार्दन गोठालेले जानकारी दिए ।
भिमदल गण, मन्दिर व्यावस्थापन समिति र स्थानीयबासी साथै सरोकारवाला निकाय लगायतको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगमा निर्माण सम्पन्न पुरातात्विक शैलीको मुख्य मन्दिर प्रवेशद्वार र ढुङ्गेधारा समुद्घाटन तथा दुई थान तोपको प्रतिस्थापन कार्यक्रमको आयोजना गरेको भिमदल गण सल्लेरी व्यारेकका निमित्त गणपति पूर्ण प्रजापतिले जानकारी दिए । निशान मन्दिर संरक्षक पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सहदेव खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
धनकुटा स्थित निशान मन्दिर दर्शन गर्न मात्र आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूको आगमन गराउन ऐतिहासिक पुरातात्विक ढुङ्गेधारा, प्रवेशद्वार, तोप लगायतको भौतिक संरचनाहरुले मन्दिर परिसरमा पर्यटकहरुलाई अझ आकर्षण हुने कार्यक्रमका प्रमुख अतिथि पुर्वी पृतनापति सहदेव खड्काले बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, धनकुटा नगरपालिका उपप्रमुख, मन्दिर व्यावस्थापन समिति, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

dhara

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]