दुहबीमा मनाए थारु समुदायले माघे संक्रान्ति

  • माघ २, २०७९ / नेपाल रेखा
alt

इटहरी । थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको दुहवीमा माघी सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।
थारु विद्यार्थी समाज सुनसरी, मोरङको संयुक्त आयोजनामा नव निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान र प्रथम सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
थारु जातिको पहिचान संस्कृतिलाई जर्गेना गर्ने कार्यमा युवाहरुलाई जागृत गर्ने तथा थारु समुदायले मनाउने नयाँ वर्ष माघीलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष राजेशकुमार माझीले जानकारी दिए ।
सास्कृतिक कार्यक्रम दुहवी थारु समुदायले नयाँ अन्नवाली भूमिदेवलाई चढाएर खाने जातीय परम्परा अनुसार बाली थन्काएर जाडोको विदाइको कामना गर्दै माघ १ गतेका दिन नयाँ वर्ष माघी पर्व मनाउने गरेका छन् । परम्परा देखि नै माघ १ गतेका दिन थारुहरुले आफुहरुले उत्पादन गरेका नयाँ बाली देवतालाई चढाई खाने तथा जाडोको समयमा उत्पादन हुने तिल, उखुको रसबाट बनाइने सख्खर आदिको प्रयोग गरी वनाइने लड्डु आदि खाने प्रचलन समेत रहेको छ । कार्यक्रममा संघीय संसद कल्पना चौधरी, अशोक चौधरी, प्रदेश संसद रोहित कार्की, दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदार, रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले माघीको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । यस पर्वमा तिल र भुजाको लडडुका साथै तरुल समेत खाने प्रचलन रहेको छ । अन्य जातिका मानिसहरुले समेत विभिन्न किसिमले माघे संक्राती मनाउने गरेका छन् ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]