इटहरीमा मनाइयो यलम्बर सम्वत

  • माघ २, २०७९ / नेपाल रेखा
alt

इटहरी । यलम्वर संवत ५०८३ को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।
किराँत मुन्धुम अध्ययन केन्द्र नेपाल सुनसरी मोरङको संयुक्त आयोजनामा इटहरीमा यलम्वर संवत अन्तरगत नयाँ वर्ष ५०८३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
वसन्त राईको अध्यक्षता तथा किराँत मुन्धुम अध्ययन केन्द्र नेपालकी केन्द्रीय कोषाध्यक्ष माया राईको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत वक्ताहरुले बताए । कार्यक्रममा किराँत राई सुन्निमा संघ इटहरीकी अध्यक्ष सिता राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । यलम्वर संवत पुरानो संवत भएपनि सामुहिक रुपमा यो संवतका अवसरका कार्यक्रमहरु नहुने गरेको तर्फ मध्यनजर गर्दै आगामी दिनहरुमा सामूहिक रुपमा मनाइने समेत सो अवसरमा जानकारी गराइएको थियो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]