दाङ–२ प्रतिनिधिसभामा माओवादी केन्द्रका रेखा विजयी

  • मंसिर ८, २०७९ / नेपाल रेखा
alt

दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।
उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् भने पोखरेल नेकपा(एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]