सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक ।
नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् ।
इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो शिक्षा लाई पूरागर्न रातदिन मेहनत गरिरहेका छन् ।
संधैजसो आमा बाबुलाई बाँसका उत्पादन बनाउन सघाउनु उनिहरुको कर्तब्य संगै दिनचर्या बनेको छ । अहिलेको लकडाउनमा बिद्यालय बन्द हुँदा काममा बावुआमा लाई सघाउन उनिहरुलाइ पुरा फुर्सद मिलेको छ ।
उनिहरु दुवैजना अबिवाहित हुन । उनिहरुलाई थाहा छ बालबिवाहलाई हाम्रो कानुले बर्जित गरेको छ । कसैले बाल बिवाह गरे र गराएमा त्यो अपराध हँुनेछ । त्यसैले उनिहरु भन्छन ‘अहिले बिवाह गर्ने उमेर भएको छैन् ।’
साबिक छिटाहा गाबिस वडा नं. ६ हालको गढी गाँउपालिका ४ स्थित झागड र मुसहर बस्तीमा उराव, ऋिषिदेव र मरिक लगायत झण्डै पाँच सय हाराहारीमा बिभिन्न परिवारहरुको बसोवास रहेको छ । उनिहरुको बसोवासका लागि प्रयोग भएको जग्गा अरुकै हो । झण्डै पाँच बिगाहा क्षेत्रफलमा यो बस्ती फैलिएको स्थानिय बलराम शाह बताउँछन् ।
यो बस्तीमा रहेका अधिकासंलाई स्थानीय सरकारबाट आफुहरुलाई प्राप्त हुने राहत, अनुदान, सेवा र सुबिधाका वारे त्यति जानकार छैनन् । यो बस्तीमा रहेका धेरैजसो घरपरिवार दैनिक ज्याला र मजदुरीमा निर्भर रहको छ । थोरैले मात्र अर्काको अँधिया खेति गरेर जिबिको पार्जन गर्ने गरेका छन् ।
अहिले यी यस्ता सीमान्तकृत परिवारको जिवन स्तर उकास्न आवश्यक छ । सवैको शिक्षा स्वास्थ्य र रोजगारिमा पहँुच पुर्याउन यी सबै वर्ग र समुदायमा सरकारी प्याकेज कार्यक्रमहरु आवश्यक रहेको छ । समुदायको दिगो बिकाश, सामाजिक सुसाशन र समृद्धिका लागि अहिलेनै स्थानीय जनप्रतिनिधीहरु आफ्ना क्षेत्रमा चनाखो रहन जरुरी छ ।
फोटो फिचरः जनक पाण्डे ।