जनतासंग कोशी प्रदेश सरकार कार्यक्रम संचालन हुने

  • असोज ८, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार कार्यक्रमको नाममा सञ्चालन हुने भएको छ ।
कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढंगले कार्यक्रम सञ्चालन गर्न लागेको हो । २०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरुबाट यो कार्यक्रम प्रशारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रशारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रशारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ ।
यसले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने छ । यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रशारण संस्थाहरुले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रशारण गर्न पाउनु पर्ने माग गर्दै आएका थिए ।
यस्तै मंगलबारको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समित, आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ । त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्र्तगत एसियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिचाइँ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजना अन्तरगत कोशी प्रदेशमा करिब २७ वटा सिचाइँ आयोजनाहरु सञ्चालन हुने छन् ।
त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्तरगतकै जलवायू अनुकुलित वृहद खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय भएको छ ।
त्यस्तै मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयका १० औँ र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ । त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

‘पाठेघर मुखको क्यान् ...

भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठ ...

एसइई परीक्षाको सम्पू ...

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण का ...

नेपाली सेनाको स्वास् ...

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरू ...

प्रतिगामी शक्तिविरुद ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]