संविधान दिवस भव्य रुपमा मनाइने

  • भदौ १३, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा वुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गर्दै यो दिवस भव्यताका साथ मनाउने तयारी थालेको हो ।
मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए ।
उनले हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरुको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी भएको बताए । नेपालको संविधान विश्वमै उत्कृष्ट संविधान भएकाले आम नेपाली जनता तथा युवा विद्यार्थीलाई संविधानको महत्व र त्यसको कार्यान्वयका पंक्षमा जानकारी गराउने उद्देश्यका साथ यो दिवव मनाउने तयारी गरिएको मुख्यमन्त्री कार्कीले बताए ।
उनका अनुसार, यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।
संविधान दिवस असोज–३ गते पर्दछ । सो दिन मुल समारोह समितिले बिहान झाँकी सहितको प्रभातफेरी आयोजना गर्ने जनाएको छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधान प्रति अपनत्व जगाउने कार्यक्रम संचालन गर्नुका साथै रक्तदान, वृक्षारोपण तथा साझ घरघरमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।
संविधान दिवस मनाउने तयारीका विषयमा बसेको वैठकमा कोशी प्रदेसका मन्त्री, प्रदेसका प्रमुख सचिव, मन्त्रालयका सचिव, कोशी प्रदेसका सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी, तथा पत्रकारको सहभागिता थियो ।

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]