नागरिक अभिनन्दन गर्न उपयुक्त व्यक्तित्व डा. रुइत

  • माघ १०, २०७९ / नेपाल रेखा
alt

बहराइनले डा. सन्दुक रुइतलाई इसा अवार्ड फर सर्भिस ह्यूमानिटी दिने घोषणा गरेपछि वरिष्ठ चिकित्सक सन्दुक रुइतका बारेमा सबैले खोज खबर गरेर वाहाँका विययमा संचार माध्यममा आएका समाचार, लेख सामाजिक संजालमा आएका सामग्रहीहरुलाई विशेष रुपमा चाख राखेर अध्ययन विश्लेषण गर्न थालेका छन् । डा. रुइतले १३ करोड ८ लाख रुपैयाँको अवार्ड, गोल्ड मेडल र प्रमाण–पत्र पाउदै हुनुहुन्छ । यो अवार्ड नेपालीले पाएको हाल सम्मकै ठूलो राशी भएको भन्ने दावी गर्ने गरिएको छ । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मनु भएका डा.रुइतले यस अघि रेमन म्यागसेसे, भारतबाट पद्मश्री नामको अवार्ड लगायतका अवार्डहरु प्राप्त गरि सक्नु भएको छ । डा. रुइतले २०७५ सालमा प्रधामन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) पदक पाउनु भएको थियो । डा. रुइतले थालनी गरेको उज्यालो अभियानका कारण नेपाल र नेपाल जस्तै विकासोन्मुख देशहरुका जनताको अन्धोपनका लागि बरदान सावित भएको छ ।
डा. रुइतले आँखामा मोमितया बिन्दु भएका मानिसहरुका लागि आँखामा लाइने लेन्स ३ सय डलर पर्नेमा नयाँ लेन्स बनाएर ३ डलरमा उपलब्ध गराउनु भएपछि सर्वसाधारणका लागि मोतिया विन्दुको अप्रेसन सहज बनाई दिनु भएको छ । त्यति मात्र होइन पैसा नहुनेहरुका लागि डा.रुइतले मोतिया विन्दुको अपरेसन निःशुल्क गराउने व्यवस्था मिलाउनु भएको छ । डा. रुइत संलग्न भएर एक लाख भन्दा बढी मानिसको निःशुल्क अपरेसन गर्नु भएको संचार माध्यममा समाचारहरु आएका छन् । वार्षिक ३ लाख उत्पादन भई आएको आँखाको लेन्स आगामी दिनमा वार्षिक १५ लाख उत्पादन गरेर विश्व भरिका मानिसहरुलाई सरल मूल्यमा उपलब्ध गराउन लागि पर्नु भएको छ ।
बहराइनका राजा शेख हमद विन इसा अल खालिफाको देहावसानपछि वाहाँको सम्झनामा हरेक २÷२ वर्षमा इसा अवार्ड फर सर्भिस टु ह्यूमानिटी दिइने गरिन्छ । सो अवार्ड संसारभरबाट मानव क्षेत्रमा कृयाशिल व्यक्तित्वलाई दिइने गरिएको छ । संसार भरबाट मानव क्षेत्रमा कृयाशिल व्यक्तित्वलाई दिइने गरि स्थापना भएको सो अवार्ड पाउने पाँचौ व्यक्तित्व डा. रुइत हुनुहुन्छ । डा.रुइत विश्व भरका विभिन्न क्षेत्रबाट (स्वास्थ्य सेवा, समाज सेवा, राजनीति लगायतका क्षेत्रबाट) गरेर १ सय ४५ समूहबाट छानिनु भएको थियो । १ सय ४५ समूहबाट सर्ट लिष्टमा ६ जना व्यक्ति तथा संस्था छानोट भएका थिए जसमा अमेरीका स्थित परोपकारी संस्था मर्सी सिप, बंगला देशको फ्रेण्डससिप एनजीओ, गरिवको हितमा सक्रिय कोलम्वियाली क्यामिला जोस हेरेया, वातावरण संरक्षणमा कृयाशिल केन्याकी न्जाम्बी माटी, स्वीटजरल्याण्को जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउण्डेशन र नेपालका डा. रुइत थिए ।
उक्त अवार्ड (पुरस्कार) छनोटमा युनिभर्सिटी मायामीका प्रशिद्ध कानुन प्राध्यापक जान पल्सनले नेतृत्व रेको ७ सदस्य टिम रहेको छ । सर्ट लिष्टमा ६ जना संस्था वा व्यक्ति को नाम प्रकाशित भए पछि (छनोट भए पछि)अवार्ड छनोट समिति सदस्य उनीहरुको देशमा स्थलगत भ्रमण गरि व्यक्ति तथा संस्थाले गरेका काम बारे जानकारी लिने काम भएको थियो । यो अर्वाडा विजेताले मानव कल्याणका लागि व्यक्तिगत तहमा त्याग गरेका छन् जोखिम उठाएका छन् । जोखिमसंग जुध्नका लागि लामो समय खर्चिएका छन् जुरीका प्रमुख पलसनले डा. रुइतलाईनै छनोट गर्नुको कारण बारे भनिएको छ । डा. रुइत अष्ट्रेलिया पुगेका थिए उनी उतै बस्न सक्थे । अमेरिका पुगेर निकै सुविधाजनक जीवन यापन गर्न सक्थे । उनले आँखाका विरामीका लागि सुविधा जनक र महँगा उपकरण आविस्कार गर्न सक्थे तर डा. रुइतले त्यसो गरेनन् आँखाको उपचारमा सबैको पहुँच पुर्याउने लेन्स अविस्कार गरे सो लेन्सको प्रयोग नेपालमा मात्र सिमित नराखेर संसार भरी पु्र्याउनमा प्रयासरत रहे । उनले गरेको मानव कल्याणमा थप टेवा पुर्याउने उद्देश्यले छनोट समितिले डा. रुइतलाईनै छनोट गरेको छ । उज्यालो अभियानलाई लिएर अगाडी बढ्नु भएका डा. रुइतले गरेको विशुद्ध सेवाको सही मूल्याँकन गरेको विश्व भरका मानिसले सही मूल्याँकन भन्ने सन्देश सामजिक संजालमा आएका छन् । मानव कल्याणको क्षेत्रमा क्रियाशिल व्यक्ति ÷संस्थालाई प्रदान गर्दै आएको सो पुरस्कार डा. रुइतले पाउनुले नेपाल र नेपालीको आत्म सम्मान बढेको छ ।

dr Sanduk Ruit
खाडी मुलुक बहराइनको राजधानी मनामामा आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मोहमद विन मुवारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी गराइएको थियो । डा. रुइत नेपालमा जन्म लिएको हुँदा नेपालमा नै बसेर नेपाली र विश्वभरका आम मानव जातिको सेवा गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । अष्ट्रेलिया, क्यानाडा लगायतका देशमा काम गरेर अनुभव संगाल्नु भएका डा.रुइतका छोरा छोरीहरु नेपालमा नै छन् । जहाँ गएपनि जमिनमै खुट्टा टेक्नु पर्छ भन्ने सिद्धान्त डा. रुइतको रहेको छ । मानव कल्याणका लागि दिइने सो अवार्ड डा. रुइतले पाइरहँदा ३ करोड नेपाली खुसीले गदगद भएका छन् ।
देशका दुर दराजमा पुगेर आँखा शिविर गरी मोतिया विन्दु भएका मानिसहरुको निःशुल्क उपचार गरि दिने अभिलाषा लिएर सेवामा लाग्नु भएका डा. रुइतले आप्mना सन्ततीलाई समेत सिविरमा लैजाने गर्नु भएको छ । डा. रुइतले विगत ३ दशकदेखि निरन्तर रुपमा नेपाल र विदेशमा समेत गरेर आँखाका विरामीको सेवा गर्दै आउनु भएकोमा वाहाँले पाएको अवार्ड सही सावित भएको छ । मानवीय सेवा गर्नमा कहिल्यै नथाक्ने र मानव जातिको सेवा गर्नु नै मानव मात्रको धर्म अर्थात दायित्व हो भन्ने सन्देश छर्दै हिड्नु भएका डा. रुइतको फराकिलो हृदय, विशुद्ध सेवाको भावनाको अनुकरण अरुले पनि गर्न सिक्नु पर्छ । मानवीय सेवा के हो भन्ने कुरा को पाठ वाहाँबाट सिक्नु पर्ने भएको छ । लकडाउनको समयमा २ किलो चामल र एक पोका नुन दिएको फोटो खिचाएर समाज सेवा गरेको भनि प्रचार गर्नेहरुले वरिष्ठ नेत्र चिकित्सक रुइतले के कस्तो सेवा गर्नु भएको रहेछ उहाँले थालनी गरेको उज्यालो अभियान नेपाल र विदेशमा कति फैलिएको रहेछ ? मानवीय सेवा के हो ? समाज सेवा के हो ? मानिसले यस धर्तीमा जन्म लिएपछि गर्नु पर्ने के हो भन्ने विषयमा डा.रुइतको जीवनी अध्ययन गर्न आवश्यक देखिन्छ ।
मोति विन्दुको शल्यक्रियामा सुक्ष्म पद्दती उपयोग गर्दै नेपाल सहित विभिन्न मुलुकका लाख भन्दा बढी मानिसको जीवनमा प्रकाश छर्ने पवित्र काम गर्नु भएको छ । ‘उज्यालो बाँड्ने’ अभियानले अन्तर्राष्ट्रिय जगतमा नै ख्याति कमाएको छ । बहराइन सरकाबाट अवार्ड घोषणा गरिनु डा. रुइतको सत्कर्मको सम्मान हो । यस अवार्डले सम्पूर्ण नेपालीको आत्म सम्मान र मनोवल बढेको छ डा. रुइत अन्धोपन भएका व्यक्तिहरुको उपचार गरि दिने देवता तुल्य मानिस बनेकाछन् भनेर अष्ट्रेलियाली पत्रकार रे मार्टिनले भन्नु भएको छ । मानिसले ईश्वरले दिएको प्रतिभा र आफुले आर्जन गरेको सिपलाई सही ढंगले उपयोग गर्नु पर्छ भन्ने भनाई डा. रुइतको छ, मानिसले मेहनत गरेर अगाडी बढेमा ईश्वरलाई पनि विश्वास दिन सकिन्छ अर्थात ईश्वर पनि पछि पछि आउँछन् भन्ने विश्वासमा डा. रुइत अडिग हुनु हुन्छ ।
देशको सेवा गर्ने पवित्र भावना भएका डा. रुइत अध्ययनका क्रममा, जागिरका क्रममा विभिन्न देश जानु भएको भए पनि आप्mनो जन्म भूमि नेपालमा बसेर नेपाली जनताको सेवा गर्नु पर्छ भन्ने पवित्र भावनाले ओतप्रोत हुनु भएकाले वाहांले विदेशबाट फर्किएर नेपाली जनताको सेवामा समर्पित हुनु भएको छ । मानवीय सेवाका लागि दिइने इसा अवार्ड डा. रुइतले पाउदा ३ करोड नेपालीको छाती गर्वले फुलेको छ । डा. रुइतलाई देशको राष्ट्रपति बनाइनु पर्छ भनेर नागरिकबाट राष्ट्रपतिको प्रस्ताव आउँदा वाहांले राष्ट्रपति पद आप्mनो विषय क्षेत्र नभएको भनेर आप्mनो प्रष्ट धारणा विभिन्न संचार माध्यम र सामाजिक संजालमा राख्नु भएको छ । पद र प्रतिष्ठाका पछी दौडिनु हुँदैन भन्ने सन्देश डा. रुइतका काम र व्यवहारमा प्रष्ट देखिन्छ । यसबाट हाम्रो समाजले कस्ता व्यक्तित्वलाई नागरिक अभिनन्द गर्नु पर्छ भन्ने सन्देश हरेक पल पलमा दिने गर्नु भएको छ । डा.रुइतले इन्ट्रा अकुलर नामको लेन्स विकास नगरेका भए आज नेपाल लगायत विश्वका विकासोन्मुख देशका अन्धोपन भएका व्यक्तिहरुले उज्यालो देख्न (नेत्रज्योति प्राप्त गर्न) सक्ने थिएनन् ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]