‘कत्ल की रात’ मतदाता होशियार !

  • कार्तिक २८, २०७९ / नेपाल रेखा
alt

  • गणेश लम्साल
    संघियता कार्यान्वयनपछि यही ४ मंसिरमा दोस्रो आम निर्वाचन हुदैछ । र अबको एक हप्तापछि निर्वाचन सम्पन्न भएर केहीदिनपछि मतगणनाको परिणाम पनि सार्वजनिक हुन थाल्नेछ । यो निर्वाचननले धेरैको भविष्य बनाउने छ भने धेरैको भविष्यलाई असफल पनि बनाउने छ ।
    आम निर्वाचन केवल कसैलाई जिताउने र हराउने चुनाव मात्र हैन । यो लोकतन्त्रको अद्यावधिक गहना हो । जसले राजनैतिक अधिकारको सुनिश्चितासँगै समग्र नागरिकहरुको उन्नति र सामाजिक न्यायको प्रत्याभूति गराउन बल पुर्याउँछ । अर्थात हामीले अथक संघर्षले निर्माण गरेको नयाँ संबिधान कार्यान्वयन गराउन सहयोग गर्छ । सही नेतृत्व चयन गर्न सक्यौ भने देशमा शुसासन कायम हुन्छ । सकेनौ भने देशफेरि अराजकतातर्फ जाने निश्चित छ । यसैले सही नेतृत्व चयन गर्न नसकेसम्म लोकतन्त्र सृदृढ हुदैन भने अनि आम जनताले चाहेको सेवा प्रवाहदेखी उत्पादन र आर्थिक उन्नतीमा प्रगती पनि बढ्न सक्दैन ।
    लोकतान्त्रिक देशहरुले बसालिसकेका नजिरहरुले भन्छन्, निर्वाचनमा आम नागरिकहरुको सही निर्णयले समग्र प्रणालीलाई नै बलियो बनाउँछ । गलत निर्णय भएमा कुशासन र निरंकुशता हाबी हुन्छ । जसले जनतालाई निरास मात्र बनाउदैन सहियौसम्म अत्याचार र गरिबीको दुश्चक्रमा धकेलिदिन्छ । गलत नेतृत्व चयनले हुनेखानेहरुको नेतृत्व त बलियो बनाउँछ तर सिमान्तकृत गरिब दलित र लैगिक असमानता भोगिरहेको वर्ग समुदायलाई न्याय दिन सक्दैन । यो पनि विश्वव्यापी मान्यता हो लोकतान्त्रिक सरकार गरिबलाई धनी र अधिकार बनाउन चाहन्छ । तर प्रतिगमनकारी सरकार आडम्बरी र मुठ्ठी भरका मालिकहरुलाई मात्र संरक्षण गर्छ । यसैले निर्वाचनका बेला व्यक्तिरुपमा नेता हैन लोकतान्त्रिक प्रणाली रोज्नुपर्छ । प्रतिगमनकारी हैन अग्रगमनकारी नेता रोज्नुपर्छ ।
    आम निर्वााचनको मतदान गर्ने दिन नजिकिएसँगै हामी आम मतदाताले ख्याल गर्नुपर्ने मात्र हैन अति नै चलाख हुनुपर्ने समय हो मौन अवधि । विगतका निर्वाचनहरुबाट हामीले थाह पाइसकेका छौ मौन अवधिमा मतदाताहरुलाई भ्रममा पार्नेहरु अति नै सक्रृय हुन्छन् । जसलाई हामीले ‘कत्ल की रात’ पनि भन्ने गरेका छौं । यो सयमा गलत पार्टी र गत उम्मेदवारहरु आफनो शासनसत्ता बनाइराख्न जसरी पनि जित सुनिश्चित गराउने दाउ खेल्छन् । मतदाताहरुलाई पैसाले किन्ने मात्र गर्दैनन्, अनेकौ तिकडम लाएर आफनो पक्षमा मत हाल्न बाध्य पनि पार्ने गर्छन् । हो हामी आम मतदाताहरुले सचेत हुनुपर्ने यहीनेर हो । यदि हामी नोटको भोटमा बिक्यौ भने पिठोको स्वादमा वल्छिमा मारे माछा परे जस्तै पर्छौ पाँच बर्षसम्म जिउदै मर्न बाध्य हुन्छौ । नोटको लोभमा भोटको दिन टन्न खाएर गलत पार्टी र उम्मेदवारलाई मतदान गर्यौ भने हामीले पाँच बर्ष भोकै बस्नुपर्ने हुन्छ । यसैले सचेत बनौ । क्षणिक विलासितालाई हैन मुक्तिलाई रोजौ ।
    मौन अवधि अर्थात ‘कत्ल की रात’ मा हामी फस्यौं भने गलत नेता र विचौलियाहरुले मात्र फाइदा पाउने छन् । हाम्रो अविवेकले गलत उम्मेदवारहरुले भोट त पाउलान र विचौलिायहरु मलामाल त होलान तर हामी आम नागरिकहरुले आगामी पाँच बर्षसम्म चोट मात्र पाउने छौ ।
    देश केही मुठठीभर पहुँचवाला मानिशहरुको मात्र हैन हामी आम नागरिकहरुको पनि हो । हामी आफनै निर्माण गरेको सबिधानले कसैलाई पहिलो र दोस्रो नागरिक भनेको छैन । सबैलाई सार्वभौम सम्पन्न राष्ट्रको समान अधिकार प्राप्त नागरिक बनाएको छ । यसैले हामीले कसैको लोभ, धाकधम्की र करकापमा पर्नुपर्ने कुनै बाध्य नै छैन । हामी आफनो स्वविवेक प्रयोग गरेर स्वतन्त्र रुपले अग्रगमनकारीहरुलाई निर्भितासाथ मतदान गर्न स्वतन्त्र छौ ।
    हुनसक्छ मौन अवधिमा आफनो जित सुनिश्चित गराउन उम्मेदवारहरुले मतदाताहरुलाई मात्रै भ्रममा पार्न बाध्य पार्दैनन् । लोभिपापी उम्मेदवारहरु पनि भोट बिक्रि गर्न गराउन लागि पर्छन् । त्यस्तालाई हामीले चिन्ने मात्रै हैन उनीहरुको गलत कार्यको पर्दाफास पनि गर्नसक्नुपर्छ । किनभने मत विक्रि गर्नु या गर्न लगाउनु भनेको नागरिक अधिकार कुण्ठित गराउनु मात्र हैन अपराधलाई बढावा दिनु पनि हो । कुशासनको पक्षपोषण गर्नुपनि पनि हो। यति मात्र नभएर भोट विक्रि गर्ने र स्वतन्त्र मताधिकारको अधिकारलाई कुण्ठित पार्ने कार्य समग्र लोकतान्त्रिक प्रणालीका लागि पनि धोका हो । देशका लागि गद्दारी हो ।
    यो पनि मनन गरौं, भोज र मोजमा मात्र भोट हाल्ने नागरिकहरुले कहिल्यै पनि दासताबाट मुक्ति पाउन सक्दैनन् । खासगरि यो कुरा निरपेक्ष गरिबीको दासताबाट मुक्ति पाउन नसकेका आम गरिब, दलित, सिमान्तृत र लैगिक असमानता भोगिरहेका वर्ग समुदायले ख्याल गर्न आवश्यक छ । यसैले ४ मंसिरमा परिवर्तनकारी गठबन्धनबादी पार्टीका उम्मेदवारलाई मतदान गरौ । सत्ताको स्वार्थमा मात्र रमाउन खोज्ने प्रतिगनकारी पार्टीका उम्मेदवारहरुलाई पराजित गरौ । परिवर्तनका लागि क्रान्ति गरेका पार्टीहरुलाई प्रेम गरौ । भनिन्छ, प्रगितमनकारीहरुको तीन खाले अनुहार हुन्छन् । ती हुन, परिर्वतन नरुचाउने जडसुत्रबादी परम्पराबादी हुनु, मै मात्र खाउँ लाउँको आडम्बर बोकेर अनुदारबादी बन्नु अनि निरंकुश शासनको भोकमा हदैसम्म लोभीपापी बन्नु ।
    अन्तमा भोट बेचेर धनी बन्नुभन्दा स्वाभिमानी साधु नागरिक बन्न चेष्टा गरौ । जसले आम नागरिकलाई अधिकार सम्पन्न र देशलाई शुसानमुखी बनाउने छ । यसैले हाम्रो देश हामीले नबनाए कस्ले बनाउने र अहिले नबनाए कहिले बनाउने भन्नेबारे गम्भिर बनौ । यर्थाथ हो आशाबादीहरुले परिवर्तनका लागि बिद्रोह गर्छन् र परम्पराबादीहरुले निरासा मात्र भरिदिन्छन् र सधैलाई दास बनाइराख्न चाहन्छन् । यसापलीको आम निर्वाचनको प्रचारप्रसार लगभग सकिसकेको छ । यसैले ‘कत्ल की रात’ होसियार !

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]