२०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको साटो आफु पक्षधर पार्टी र धारको बिचार मात्र प्रवाह गर्ने र वास्तबिकता ढाकछोप गर्ने प्रबृत्तिको बिकाश हँुदै गयो । देशमा संञ्चार क्षेत्रमा ठुलो लगानी भएता पनि नेपाली पत्रकारिता पार्टीगत राजनीतिबाट अछुतो हुन नसकेकोले वाध्यकारी कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि राजनीतिक भागबन्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकिरहेको छैन । यो परिवेशमा संञ्चार माध्यमहरु राजनीतिक संरक्षणमा हुर्किरहेको देखिन्छ । यसरी संञ्चार माध्यमहरु पार्टीको मुखपत्र जस्तो बन्दै गईरहेको आवस्थालाई हेर्दा पत्रकारितामा नयाँ चुनौति थपिएको देखिन्छ ।
मोहन ढकाल ।
पूर्व कालमा नेपाली पत्रकारिता पृथक थियो । राणा र शाह काललाई हेर्दा उर्दि सुनाउने, गुणगान गाउने जस्ता बिभिन्न सूचनाहरु सम्पे्रशण हुने गर्दथे । २००७ साल पछि भने मुलुकमा पत्र–पत्रिका प्रकाशनको लहर चलेको थियो । २०५० को दशक यता भने अफसेट प्रेसका माध्यमबाट नेपाली पत्रकारिता निकै अगाडी बढेको छ ।
नेपालको संबिधान २०४७ ले आंशीक भएपनि प्रेस स्तन्त्रताको ग्यारेन्टी गरेपछिको समयदेखि बिचार तथा अभिब्यक्तिको स्वतन्त्रता, छापाखाना र पत्रपत्रिका सम्बन्धि हक, सूचनाको हक, गोपनियताको हक लगायत ऐनमा बिविध ब्यवस्थाले गर्दा नेपालको पत्रकारिताले ब्यवसायीकता प्राप्त गर्न सकेको देखिन्छ । जसले गर्दा हजारौंको संख्यामा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईन पोर्टलहरु दर्ता भएका छन् । यस्तो अवस्थालाई हेर्दा संख्यात्मक रुपले संञ्चार माध्यममा हामी धनी भएका छौं । तर यसको गुणस्तर र सूचना प्रवाहमा भने अझै गरिव र नाजुक नै छौं । यस्तो हुनुको कारण एकातिर क्रियाशिल संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने योजना तथा प्रभावकारी नीति नहुनु र अर्को तर्फ राजनीतिक छत्रछाँयाले दवाव बढाउनु हो ।
२०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको साटो आफु पक्षधर पार्टी र धारको बिचार मात्र प्रवाह गर्ने र वास्तबिकता ढाकछोप गर्ने प्रबृत्तिको बिकाश हँुदै गयो । देशमा संञ्चार क्षेत्रमा ठुलो लगानी भएता पनि नेपाली पत्रकारिता पार्टीगत राजनीतिबाट अछुतो हुन नसकेकोले वाध्यकारी कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि राजनीतिक भागबन्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकिरहेको छैन । यो परिवेशमा संञ्चार माध्यमहरु राजनीतिक संरक्षणमा हुर्किरहेको देखिन्छ । यसरी संञ्चार माध्यमहरु पार्टीको मुखपत्र जस्तो बन्दै गईरहेको आवस्थालाई हेर्दा पत्रकारितामा नयाँ चुनौति थपिएको देखिन्छ ।
तथ्याँक अनुसार, नेपाल पत्रकार महासंघको छाता संगठन अन्तर्गत अहिले नेपालमा झण्डै १४ हजारको हाराहारीमा श्रमजिवी पत्रकारहरु आवद्ध छन् । झण्डै एक हजार भन्दा बढी महासंघको सदस्यता बिना पत्रकारिता गरिरहेका छन् । यस्तो हुनुमा राजनीतिक खिचातानी र स्वार्थको कारण साथै अर्को तर्फ आचार संहिताले पत्रकारहरुलाई छुन नसक्नु पनि हो । पत्रकारहरु अझै स्वतन्त्र रुपले काम गर्न सकिरहेका छैनन् । पत्रकारिता राजनीतिक दाउपेच बाट पृथक भएमात्र स्वतन्त्र हुन्छ ।
देशमा बिभिन्न राजनीतिक कालखण्ड पार गर्दै देश हालको संघिय संरचनामा उभिएको छ । नेपाली पत्रकारिता पनि यसको कार्यान्वयनको पक्षमा अगाडी बढेको छ । यस्तो अवस्थामा नबिन र खोजपूर्ण पत्रकारिता आवश्यक हुन्छ तर ब्यक्ति स्वयंले रणनीतिक योजनाबद्ध स्वतन्त्र रुपले पत्रकारिता गर्न पाईरहेको छैन । हिजो जे भयो भै सक्यो, अव भोली के होला ... ? त्यसका लागि आजका दिनलाई राम्रो बनाउन सवै पक्ष लागि पर्न आवश्यक छ ।