जनताको अमुल्य मतको सदुपयोग मंसिर ४ गते हुने निर्वाचन

  • भदौ २, २०७९ / नेपाल रेखा
alt

जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ ।

 

 

 

–शालिग्राम पाण्डे ।

नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकारको लडाई लड्नु पर्ने भएको छ । वि.सं.१९९६ साल देखि २०६२÷०६३ को आन्दोलन सम्म आइपुग्दा जनताले अधिकारका लागी लडेकाले देशमा जननिर्वाचित प्रतिनिधिद्वारा बनेको संविधान २०७२ असोज ३ गते घोषणा भयो ।

 

उतिखेर जनताको लडाईलाई नेपाली काँग्रेस, विभिन्न खेमामा विभाजित नेपाल कम्यूनिष्ट पार्टीहरुले अगुवाई गरेका थिए । देशमा जनताको माग अनुसार संविधान घोषणा भयो तर जनता अहिले पनि सार्वभौमसत्तासम्पन्न बन्न सकेका छैनन् ।

 

नयाँ संविधान आए पनि संविधानको अपव्याख्या गर्ने, कानूनलाई हातमा लिने र सत्ता र शक्तिको बलमा राजनीतिक दलका नेताहरुले जे पनि गर्ने गरेका छन् । जनताले संविधान पाए तर अधिकार पाएनन्, जनताको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक अधिकारमा राजनीतिक दलका नेताहरुले धावा बोली रहेकै छन् ।

 

हिजो सडकमा चप्पल लाएर हिड्ने नेताहरु आज राजामहाराजा जस्तो महँगा
(करोडौं पर्ने) चिल्ला गाडीमा कुदिरहेका छन् । नेताहरुको ठाँटबाँठ हेर्दा वास्तवमा लोकतन्त्र स्थापना भएपछि नेताहरुमा धेरै परिवर्तन आएको छ ।

 

नेताहरुको वोलवाला बढेकोछ, सोच्नै नसक्ने सम्पत्ती थोपरेकाछन् नेपालका बैंकहरुमा पैसा राख्दा भोली भेद खुल्न सक्ने डरले केही नेताहरुले विदेशी बैंकमा लगेर समेत सम्पत्ती थुपारी रहेकाछन् । कतिपय नेताहरुले पानी ट्याँकीमा पैसाका बोरा राखेको खवर संचार माध्यममा आएकै हो ।

 

राजनीतिक दलका नेताहरु भनेको निष्ठावान, मुलुक र जनताको लागि सदा समर्पित हुने । नेपाल देश र नेपाली जनताको इज्जत प्रतिष्ठामा सदा चिन्नत मनन गर्ने आप्mनो ज्यान बाजी राखेर भए पनि देशको अस्तित्व जोगाउने जनताको अधिकार हनन् हुन नदिने स्वभाव नेताहरुमा हुनु पर्ने हो ।

 

समग्रमा भन्नु पर्दा राजनीति भनेको समाज सेवा हो राजनीति गर्नेहरुले ऐस आराम, सुख सयल, विलासितालाई भुल्नु पर्ने हुन्छ । तर नेपालका राजनीतिक दलहरुको रबैया, लुटतन्त्र, सत्तालिप्साका लागि जे पनि गर्न पछि नपर्ने चरित्र देखेर नेपाली जनतामा दलहरु प्रति दिनदिनै वितिष्णा बढेर गएको छ । त्यसमा पनि आम नेपाली जनताले एमसीसीको विरोध गरी रहँदा गठबन्धन सरकारले जवर जस्ती एमसीसी पास ग¥यो प्रमुख प्रतिपक्षि दल नेकपा एमाले दुधको साक्षी विरालो बसे जस्तै व्यवहार एमसीसीमा देखायो ।

 

एमसीसी विरुद्धमा जनताको उभारलाई ठुलादलहरुले वास्ता गरेनन् त्यसैले अब दलहरु प्रति आशा गर्ने ठाउँ नरहेको सचेत नागरिकको बुझाई छ । झण्डै दुई तिहाई मत ल्याएको नेकपा एमालेको भुमिका, कामको रप्mतार झुटा आस्वासन ५ वर्षको अवधिमा जनताका सामु छर्लङ छ । दूर्भाग्यको कुरा नेपालमा राजनीति यस्तो भै दियो की राजनीति गर्नु भनेको कमाउने धन्धा हो, देशमा लुट मच्चाउने छुट लिनका लागि हो झै भएको छ ।



मुलुकमा लोकतन्त्र स्थापना भएको ३२ वर्ष विति सक्दा पनि दलका नेताहरुले मुलुक र जनताको हितमा केही गरेनन् । नेताहरुले वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, ३३ किलो सुन काण्ड प्रधानन्यायधीशलाई आप्mनो अनुकुल चलाउन मन्त्रीको भागबण्डा काण्ड, अर्थमन्त्रालयमा व्यापारी को प्रवेश गराई बजेटमा वस्तुको मुल्य कायम गर्ने आदी काण्ड मच्चाएर अर्थ संकलनमा लागेका नेताहरुबाट देशको हित हुदैन ।

 

नेताहरुलाई देश प्रतिको रतिभर चिन्ता छैन, कसरी हुन्छ सम्पत्ती आर्जन गर्ने नेताहरुको सोच कहिल्यै बदलिएन । लोकतन्त्रको लडाई लड्ने नागरिकका आशा र आकाँक्षा एकातिर नेताको सोच आफु र आफन्त परिवारको सुख सुविधा तिर हुन गयो । दलका नेताहरुले लोकतन्त्रको लडाइमा गरेका वाचाहरु इमान्दारीता, जबाफदेहिता, विधिको शासन आज नेताहरुको विलासिता संग हराएको छ, नासिएको छ ।

 

जनताले तिरेको करबाट संकलित ढीकुटीमा नेताहरु रजाई गरी रहेकाछन् , जनताले दिन भरी पसिना बगाएर परिश्रम गर्दा पनि दुईछाक खान धौ धौ भएको छ । सबैका लागि अनिवार्य शिक्षा नारामा सिमित रहेको छ । व्यवाहारमा नेताहरुका छोरा छोरी, धनाढ्य वर्गका छोराछोरीले विदेशमा गएर पढ्ने नेपालका महँगा महँगा स्कुल क्याम्पसमा पढ्ने अवसर पाएकाछन् । गरिव जनताका छोरा छोरीले शिक्षाबाट बन्चीत हुनु परेको छ ।

 

सरकारले स्वास्थ्य क्षेत्रलाई निजी करण गर्न दिएकाले औषधो पचारका नाममा निजी अस्पतालहरु, मेडिकल कलेजहरुले जनता संग सक्दो लुटेकाछन् । सामान्य विरामी भएका मानिसले अस्पतालमा उपचार गरेको रकम तिर्न नसक्दा कसैले घरवारी विक्रि गर्नु परेको अवस्था छ भने कसैले अस्पतालको विल तीर्न नसक्दा अस्पताले बन्दी बनाएर राखेको अवस्था छ ।

 

देशमा स्थानिय तहको निर्वाचन बैसाख ३० गते सम्पन्न भएको छ, स्थानिय तहको निर्वाचनमा ६०÷७० वर्ष पुरानो दल नेपाली काँग्रेस, नेकपा एमाले र ५ दलको गठबन्धनलाई उछिनेर काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह र धरान उपमहानगरपाकिलाको मेयरमा हर्क साम्पाङ राई विजयी हुनु भएको छ ।

 

पंचायत कालमा दलहरुले दलको टिकटबाट दलको चुनाव चिन्हबाट उम्मेदवार उठाउन पाइदैन थ्यो, उति खेर दलहरुले जनपक्षिय उम्मेदवार भनेर दलका उम्मेदवारहरु चिनिने गर्दर्थे । पंचायती व्यवस्थामा स्थानिय निकायको निर्वाचनमा काठमाडौमा नगर पंचायतमा हरिवोल भट्टराई र उपप्रधान पंचमा तीर्थराज डंगोलले विजय हासिल गर्नु भएको थियो । सो समयममा धरान नगर पञ्चायतामा पनि जनपक्षिय उम्मेदवारले निर्वाचन जित्नु भएको थियो ।



पंचायत कालमा पंचहरुको रबैया, तामझाम, जनता प्रतिको दमन सहन नसकेर परिवर्तनको चाहनामा जनताको मत जनपक्षिय उम्मेदवारमा जाने गर्दथ्यो । वर्तमान अवस्थामा राजनीतिक दलहरु विचमा हुने गरेका आरोप पत्यारोप, एक अर्कामा खुट्टा तान्ने प्रबृत्ती दलहरुमा निष्ठावान नेताहरुलाई पाखा लगाईएको अवस्था रहेको छ ।

 

राजनीतिक दलका शीर्ष नेताले निष्ठावान नेता कार्यकर्तालाई चिन्दैनन् मेडिकल माफिया, भूमाफिया आदी विभिन्न माफियाहरु, गुण्डाका नाइकेहरु, ठेक्का पट्टाको सेटिङ मिलाउनेहरु, सेटिङमा संवैधानिक नियुक्ति , कर्मचारीको बढुवा मिलाउने हरुलाई मात्र शीर्ष नेताहरुले चिन्ने गरेकाछन् ।

 

राजनीतिक दलका स्वच्छ छवी भएका र देशमा घुस, भ्रष्टाचारको अन्त्य हुनु पर्छ भन्ने सोचका जुनसुकै विचार धाराका मानिसहरु यति खेर दलका गतिविधिहरुबाट वाक्क दिक्क भएकाछन् । राजनीतिक दलहरु प्रति जनताको वितृष्णा बढ्दै गएको छ ।

 

यस अवस्थामा घुस, भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने एजेण्डा बोकेका नयाँ दलका उम्मेदवारहरु र जनताको अधिकारको लडाई लडेका स्वतन्त्र नागरिकबाट उम्मेदवारी दिनेहरुलाई मत जाने सम्भावना रहेको छ । राजनीतिक दलका नेता कार्यकर्ताहरु प्रति वितिष्णा जागेको भन्ने नेताहरुलाई राम्ररी थाहा छ तर पनि दलहरुले बलजप्mती ढंगले धनवाद र डनवादको बलमा निर्वाचन जित्ने सपना देखि रहेकाछन् ।

 

दलका नेताहरुले अझै पनि पैसाले मत किन्ने, गरिव अशिक्षित समुदायमा मासु, चिउरा र रक्सी खुवाएर भुल भुलैयामा राखेर भोट हाल्न लाउने, सुरक्षाकर्मीहरु र प्रमुख जिल्ला अधिकारीहरुलाई विभिन्न प्रलोभन देखाई आप्mनो पक्षमा लिने । बुथ क्याप्चर गर्ने, बुथ लुट्ने मत पेटिका गायव पार्ने, मतपत्र गायव पार्ने, मतगणनामा धाँधली गर्ने मतपत्र च्यात्ने जस्ता गलत कार्य गरेर भए पनि निर्वाचन जित्ने कुत्सीत नियत रहेको देखिन्छ ।

 

यस पटकको निर्वाचनमा गठबन्धन देखि होसीयार हुनु पर्ने संकेत मिलेको छ । गठबन्धनका दलहरुले शक्तिको दुरुपयोग गरेर निर्वाचनमा धाँधली गर्ने सम्भाना अधिक रहेकाले मतदाताहरु पनि चनाखो हुनु पर्ने अवस्था देखिएको छ । गोप्य मतदान गर्ने अधिकार मतदाताहरुलाई छ तर विभिन्न डर त्रास देखाएर मत आप्mनो पक्षमा पार्ने खतराबाट बच्नका लागि नागरिक समाज, पेशाकर्मी, व्यवसायीहरु एक जुट हुनु पर्ने अवस्था आएको छ ।



प्रतिनिधिसभाको निर्वाचन नजिकिए संगै देशभक्त नेपालीहरुले स्वच्छ छवी भएका निस्कलंकित, देश र जनता प्रति समर्पित उम्मेदवारहरुको खोजी गरी रहेकाछन् । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन गई रहेको छ । वर्तमान अवसथामा लोकतन्त्रको लडाई लडेको दल भनाउदाका उम्मेदवारले ३२ वर्ष सम्म जनतालाई गुमराहमा राखेकाले यस पटकको निर्वाचनमा भ्रष्टाचारलाई बढावा दिने , विक्रिति विसंगतिलाई मल जल गर्ने सेटिङमा रम्ने दलहरुलाई पाखा लाउने र नयाँ अनुहार ल्याउने सोच रहेको छ ।

 

परिवर्तन चाहने जनताले आप्mनो अमुल्य मत कहाँ दिने भन्ने कुरा सोच्ने समय आएको छ । नेपालीमा भनाई छ न्याउरीमारी पछुतो यीनै भ्रष्टाचार, अनियमितता, कालोबजारी, मेडिकल माफिया, भुमाफिया संग चन्दा असुली गरेर ब्रम्ह लुट गर्नेलार्ई नेताहरुले टिकट दिने तथा समानुपातिकमा सांसद बनाउने कार्यले निरन्तरता पाउने हो भने निर्वाचनको कुनै अर्थ रहने छैन ।



सचेत नेपाली नागरिकमा यति खेर स्वच्छ छवी भएका निस्कलंकित स्वतन्त्र उम्मेदवार, रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, पूर्व प्रहरी रमेश खरेलको स्वतन्त्र राजनीतिक समुह, सिके राउतको जनमत पार्टी, नेपाली काँग्रेस वीपीवादी पार्टी कुन विस्वासीलो भर पर्दो छ खोजी भई रहेको छ ।

 

एकथरी जनताको भनाई सीके राउतको पार्टी देश विखण्डनमा जाला भन्ने त्रास छ । सीके राउतको जनमत पार्टीले आप्mनो एजेण्डामा अखण्ड नेपाल राखेको खण्डमा सीके राउत जनता दल नामको पार्टीलाई भोट दिने सम्भाना देखिन्छ । किनकी सिके राउतको जनमत पार्टीले घुस र भ्रष्टाचार विरुद्धमा अभियान चलाएको छ ।

 

एक थरी जनता भने रवी लामीछानेले अगुवाई गरेको राष्टिूय स्वतन्त्र पार्टीलाई मत दिने निधो गरेकाछन् । रवी लामी छानेले पनि संचारकर्मी हँुदा जनताका हितमा धेरै राम्रा उदाहरणिय काम गर्नु एको थियो । रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले घुस, भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने भन्ने एजेन्डामा राखेको छ ।

 

देशको मुल समस्या भनेकै घुस, भ्रष्टाचार, सेटिङ, नातावाद कृपावाद , चन्दावाद रहेको छ । देशमा शुसासन कायम राख्ने हिम्मत गर्ने हो भने देशमा ५ वर्षमा परिवर्तनको संकेत गर्न सकिने छ, दशवर्षमा देशले काँचुली फेर्ने छ ।

 

२०४६ सालको सफल जनआन्दोलन पछि हाल सम्म नेपालमा पटक पटक सरकार बनेकाछन् नेपाली काँग्रेस र नेकपा एमाले, राप्रपा आदी राजनीतिक दलहरु सत्ता (मन्त्री मण्डल) का साझेदार बनेकाछन् । २०६२÷०६३ को १९ दिने आन्दोलन पछि नेकपा माओबादी केन्द्र पनि सत्तामा पटक पटक पुगेको छ । ३२ वर्ष सम्म यी पुराना भनाउँदा राजनीतिक दलहरुले राजनीतिक दल फुटाउने, सत्ताको लछाचुडी गर्ने, ठूलो धनरासी लिएर माफियाहरु र डनहरुलाई निर्वाचन लड्न टिकट दिने, घुस्याहा र भ्रष्टचारीहरुको पक्षपोषण गर्ने कार्य गरेकाले देशले अग्रगामी गति लिन सकेन ।

 

एक थरी जनता पुर्व प्रहरी रमेश खरेल र पूर्व पत्रकार रवी लामीछाने विभाजीत नभइकन एउटै समुख भएर अगाडी बढ्नु पर्ने र सम्भव भएमा रविन्द्र मिश्रलाई समेत समेट्नु पर्ने सोच राख्ने गरेकाछन् । खरेल, लामीछाने, मिश्र र अन्य देशका युवाहरुको भविस्यका बारेमा सोच्ने व्यक्तित्वहरु एकजुट हुनु पर्छ । देशमा घुस, भ्रष्टाचार, अनियमितता हटाउनु पर्छ र धनवलका भरमा निर्वाचन जित्ने सोच भएकाहरुलाई कामबल र देशप्रतिको भक्तिभावले मात्र निर्वाचन जित्न सकिन्छ भन्ने सन्देश दिनु पर्ने भएको छ ।

 

एक थरी जनता भने यीनै राजनीतिक दलहरु भित्र रहेका राम्रो सोच विचार भएका निष्कलंकित, स्वच्छ छवी भएका, सादाजीवन उच्च विचार राख्ने युवा नेताहरुलाई टिकट दिनमा दवाव दिने र त्यस्ता निष्पक्ष, योग्य, क्षमतावानले टिकट नपाएमा बाघी उम्मेदवार उठाएर जिताउने भन्ने पनि सोच रहेकोछ ।

 

रवी लामीछानेको कार्यक्रममा देखिएको जनउभारलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध उम्मेदवारलाई भोट दिनु पर्ने खालको सोचको विकास भएको देखिन्छ । रवी लामीछोनेको विगतलाई हेर्दा ५÷७ वर्ष पत्रकारीताको हैसियतमा राम्रो काम गरेका भए पनि त्यस अघिका घट्नाक्रम वाहाको पारीवारिक जीवन राम्रो छैन भन्ने तर्क गर्दछन् । लामीछानेको विगतको पृष्ठभूमी विवादित देखिन्छ तर वाहाले मैले गल्ती काम गरें भने ढुंगाले हानेर मारिदिनु यो जमिनमा पुरी दिनु भन्नु भएकाले वाहाबाट गल्ती नहोलाकी ? देशका लागि केही गर्नु होलाकी भन्ने दर्विलो आशा गर्नेहरु पनि प्रशस्त छन् ।

 

लामीछानेलाई पत्रकारीता छाडेर राजनीतिमा आउन प्रोत्साहित गर्ने लामीछानेका प्mयानहरुनै हुन् । अहिलेका ठूला दलहरुले गरेका गलत कामहरु विभिन्न काण्डहरु, सेटिङको माध्यम विना कुनै काम नहुने भएर वाक्क दिक्क भएकाहरु लामीछने, खरेल, राउत जस्ता नयाँ जोस जाँगर लिएर आएका जनताको पक्षमा रहेर विगतमा काम गरेकाहरुलाई भोट दिन चाहेकाछन् ।



जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ ।

 

नेपालका राजनीतिक दलका नेता कार्यकर्ताहरु कतै सुध्रेलान् की भनेर मतदाताहरुले पटक पटक दलहरुलाई मतदान गरे तर कुकुरको पुच्छर १२ वर्ष सम्म ढुंग्रोमा हाले पनि कहिल्यै सोझो नहुने भन्ने भनाई जस्तै काँग्रेस, एमाले, माओबादी, समाजबादी, जसपा, राप्रपा, लोसपा आदी दलका नेताहरुमा सुधार आउने सम्भावना देखिदैन भन्ने कुरा दलका नेताहरुको विगतको कार्यहरुबाट प्रष्ट भएको छ । अब पनि नेपाली जनताले तीनै भ्रष्ट चरित्रका नेतालाई अन्धो भक्त भएर भोट दिनु भनेको आप्mनो खुट्टामा आफै बन्चरो हान्नु सरह हो भन्ने केही सचेत नागरकको भनाई रहेको छ ।

 

कुनै पनि राजनीतिक दलहरुको सिद्धान्त नराम्रो छैन सबैले जनताका लागि केही काम गर्ने भनेका छन् । विकास निर्माण गर्ने, जनताका गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता सेवा सहज उपलब्ध गराउने भनेकाछन् । वर्तमान अवस्थामा जुन पात्रहरु छन् ती पात्रहरु खराव भएकाहुन् असल पात्रलाई छानेर निर्वाचनमा जिताएको खण्डमा देशमा आमुल परिवर्तन ल्याउन सकिन्छ भन्नेहरुको जमात पनि ठूलो रहेको छ ।


काठमाडौं महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राईले निर्वाचनमा खर्च नै नगरी जनताको विस्वास जितेका भरमा निर्वाचनमा विजयी हुनु भयो त्यही ख्वाप देखेर यस पटक स्वतन्त्र उम्मेदवार उठ्नेहरुको लहड निकै राम्रो देखिएको छ । जनताको भावना के छ कुन राजनीतिक दलले वा स्वतन्त्र उम्मेदवारले जनताको मन जित्न सकेकाछन् त्यो मंसीर ४ गतेहुने निर्वाचन पछिको मतगणनाले बताउने नै छ ।


 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]