...खटाएको बाहेक अरु काम नगर्ने, राजनीतिक विचारधारात्मक कामको मुख्य महत्व नदिनु, जनता ब्यूँझाउने प्रचार कार्यमा मेहनतपूर्वक नलाग्ने, गलत विचारका विरुद्ध संघर्ष नचलाउने, दिलैदेखि नलाग्ने, आ–आफ्नो क्षेत्रको वास्तविक नेतृत्वका रुपमा आफूलाई स्थापित नगर्ने, बिरालो बाँध्ने संस्कारमा जकडिनेजस्ता विषय सांगठनिक क्षेत्रका औपचारिकतावाद हुन्, यो विसर्जनवादको पूर्व रुप हो–जननेता मदन भण्डारी
उपर्युक्त विचार जननेता मदन भण्डारीले सांगठनिक क्षेत्रका औपचारिकतावाद विषयक लेखबाट उधृत गरिएका हुन् । विशेष गरेर प्रगतिशील तथा समाजलाई अग्रगामी रुपान्तरण गर्न चाहने शक्ति र समूहका लागि अत्यन्त उपयोगी अपरिहार्य विचार भण्डारीले व्यक्त गर्नु भएको हो। समाजको यथास्थितिका लागि खासै केही विचार्नु र तदनुसार खासै सक्रिय हुनु पर्दैन तर सदियौँदेखि समाजमा जड रुपमा विद्यमान सबै खालको अन्धविश्वास, रुढी र पछौटे चिन्तन र चरित्रलाई क्रमशः हटाउने हो भने निधार खुम्च्याउनु पर्छ र गम्भीर रुपमा सोचेर सुस्पष्ट दृष्टिकोण बनाउनु पर्छ । थोरैले धेरैलाई परिचालित गर्ने क्षमताका प्राध्यापक, शिक्षक तथा प्राज्ञहरु समाजका अगुवा हुन् भने त्यस अनुसारको अगुवा भूमिका निर्वाह गर्नु पर्छ ।
भौतिक र अभौतिक वा आत्मिक गरी संस्कृतिलाई दुई भागमा विभाजित गरिन्छ । आत्मिक संस्कृति ज्ञान, चिन्तन, चेतना, कला, सहित्य, संस्कृति, राजनीति आदि विषयसित सम्बद्ध हुन्छ । भाषा संस्कृतिको संवाहक हो । भाषाका माध्यमबाट अभिव्यक्त ज्ञानका अनेक शाखा प्रशाखाहरुले संस्कृतिलाई संवहन गरेको हुन्छ । त्यसैले प्रगतिशील विचार, चेत, चिन्तन र सांगठनिक क्षेत्रले ज्ञान, विज्ञान र कला आदि शैक्षणिक विषयमा अग्रगामी चिन्तन राख्नुपर्छ । वेद र मुन्धुम लगायत धार्मिक पौराणिक भनिएका आदि ग्रन्थहरुमा सूक्ष्म रुपमा जीवन जगतको प्रारम्भ र विकासमा भौतिक पक्षको भूमिका रहेको बताउँछन् । समयमै बुद्ध सम्बन्धी खोज गरेकाले उनी मानव हुन् भन्ने स्पष्ट प्रमाण प्राप्त भयो । यही विषय पनि अरु ढिला गरेको भए बुद्ध मानव हुन् भन्ने प्रमाण प्राप्त गर्न धेरै समय कुर्नु पर्ने हुन सक्थ्यो । त्यसैले माक्र्सले फायरवाख र हेगेलको भौतिकवाद र द्वन्द्ववादलाई सुल्याउँदा माक्र्सवादी दर्शन प्रतिपादन भयो । त्यसैले ज्ञानका क्षेत्रमा अझै धेरै खोज र अनुसन्धान गर्न बाँकी रहेको एमाले अध्यक्ष ओलीले नै एक प्रसंगमा बताउनु भएको थियो । त्यसैले सबै विषय र विधा क्षेत्रका प्राज्ञहरुले नवीन खोजमा ध्यान दिनुपर्छ, प्रगतिशील उच्च चेतनाका साथ क्रियाशील तथा सिर्जनशील हुनुपर्छ । प्रतिभा क्षमता र संगठनका हैसियतले यो संगठन सबल रहेको पाइन्छ तर जति र जस्तो संगठन र शक्ति छ भनिन्छ तदनुसार बहुआयामिक क्षमता निर्माण र विकास गर्न दिनु पर्ने ध्यान अझै पुगेको छैन । पहिलो कुरा त एउटा प्राध्यापक वा शिक्षक आफ्ना विषय र विधामा पोख्त हुनुपर्छ । ती विषयमा प्रगतिशील सोचका साथ विद्यार्थी जगतका लोकप्रिय हुनुपर्छ । पठनमैत्री र विद्यार्थी मैत्री हुनुपर्छ । अहिले त आआफ्ना विषयमा विद्यावारिधि वा पीएचडी गर्नेहरुको संख्या बढिरहेको छ । यो राम्रो कुरा हो तर तदनुसार विषय विधामा मात्र होइन, समाजलाई त्यसले के कति योगदान दिन्छ र दिएको छ भन्ने कुरा सबै भन्दा महत्वको विषय हो । हाम्रो जस्तो मुलुकमा ह्रस्व र दीर्घमा विद्यावारिधि गरे पनि उसले मुलुकका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि विषयमा आवश्यक ज्ञान राख्नै पर्छ । नेपालजस्तो विकासशील मुलुकमा धेरै खालका अज्ञानताले जकडेको छ । अनि समाजको र देशको बौद्धिक भनेर चिनिएको व्यक्ति आग्रह प्रर्वाग्रह रहित भएर २,४ कुरा देश र जनताका लागि बोल्दैन भने र जनतालाई सही सूचना प्रवाह गर्देन भने त्यसलाई प्रगतिशीलको पहिचान सुहाउँदैन । अझ ग्रगतिशील वा प्रगतिवादी हुन माक्र्सवादका आधारभूत विषयका बारेमा राम्रो जनकारी राख्दा आफू सहित समाज पनि लाभान्वित हुन्छ । औपचारिक र अनौपचारिक विश्वविद्यालय हुन्छन् । जनताको विश्वविद्यालयमा पढेका कतिपयसित औपचारिक प्रामाण पत्रहरु हुँदैनन् पदोन्नतिका लागि लिएका डिग्री पनि हुँदैन तर ती नेताले उपल्ला डिग्रीधारीलाई पनि माथ गरिरहेका हुन्छन् । प्रगतिशील प्राध्यापक र यसको संगठनले समग्रमा सांस्कृतिक रुपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्छ ।
२०७८ असोज २४ गते प्रगतिशील प्राध्यापक संगठन,केन्द्रले चाडपर्व र परम्पराको वैज्ञानिक पक्ष शीर्षकमा जुम मार्फत् अत्यन्त पहिले कहिल्यै नभएको सान्दर्भिक तथा गहन विचार गोष्ठी सम्पन्न ग¥यो । कम्तीमा प्रगतिशील प्राध्यापक संगठनले यस विषयमा औपचारिक बहस सुरु गरेकामा धन्यवाद भन्नु पर्छ । यस क्षेत्रलाई बाम पार्टी, नेता र नेतृत्वमा प्रायः शून्य चेत विद्यमान रहेको स्थिति देखिन्छ र यस लेखकले नै अनुभूत गरेको विषय हो ।
यो पेशागत संगठन भए पनि राष्ट्रिय समस्याबाट यो अछुत रहन सक्तैन । यस संगठनले के कस्ता गुणात्मक बौद्धिक गतिविधि गरेको छ । यसको समीक्षा हुने नै छ । निम्न पँुजिवादी चिन्तन र चरित्र बोकेको भनेर आलोचित यस क्षेत्रले आफ्नो माक्र्सवादी छवि कायम गर्ने कुरा महत्वपूर्ण हुन्छ ।
धर्म र संस्कृति सम्बन्धी न्यून चिन्तन लिएर हुँदैन । माक्र्सले क्याथोलिक शाखा भन्दा सामन्तवादको कट्टर विरोधी प्रोटेस्टेन्टको उच्चमूल्याङ्कन गरेका छन् । त्रिविमा संस्कृति सम्बन्धी कोरा अध्ययनबाट जतिसुकै ठूला डिग्री हासिल गरे पनि त्यसमा माक्र्सवादी सोच,चिन्तन र विश्लेषण गर्ने क्षमता विकास गर्न सकिएन भने समाजले सकारात्मक प्रभाव पाउन सक्तैन ।
कुनै पनि विषयमा असत्य, अतथ्य, अप्रमाणित धारणा र मान्यता राख्नु अवैज्ञानिक हो । चाडपर्व र परम्पराका विषयमा अन्धविश्वासका भर पर्नु नै पनि अवैज्ञानिक हो । व्रत, जप र पाठपूजा गरेर शिव जस्तो पति पाइन्छ, परीक्षामा प्रथम भइन्छ भन्नु सोझै अवैज्ञानिक पक्ष हो । मूल ध्येय र उद्देश्यमा रुढीगत मानसिकता जब सम्म रहन्छ कुनै काम वैज्ञानिक हुँदैन, घोर अन्धविश्वासमा आधारित हुन्छ । त्यसैले परम्परागत रुढीगत क्रियाकलापमा आधारित भएर गरिएका कामहरु पनि वैज्ञानिक छन् र हुन्छन् भन्नु भ्रम मात्र हो । जहाँसम्म चाडपर्व र परम्पराको कुरा छ ती सबै आदि मानवले आदि कालको चेत, चिन्तनका आधारमा परिकल्पना र प्रयोग गर्दै स्थापित गरेका हुन् । चाडपर्व त झन् कृषियुगको सुरुवात सँगै सुरु गरेको देखिन्छ । श्रमिक कर्म र कृषि कर्ममा थाकेर लखतरान भएको मानवले शारीरिक र मानसिक पुनर्र्ताजगी प्राप्त गर्न चाडपर्वको सुरु गरेका हुन् । सेवा भाव केन्द्रित प्रकृतिबाट ज्ञान आर्जन गरेर मानवले धर्मको आरम्भ गरेको स्पष्ट हुन्छ । प्रगतिशील प्राध्यापक संगठनले दसैँको मुखमा विषयगत विमर्श गरेको हुँदा यही विषयको विवेचन सान्दर्भिक देखिन्छ । अझ सामन्तवादले वैदिक सनातन वा हिन्दू धर्म, संस्कृति, संस्कार तथा चाडबाडमा चाहिँ आफ्नू वर्ग पक्षधर अपसंस्कृतिलाई कलात्मक रुपमा अन्तनिर्हित गरेको देखिन्छ । सदियौँ देखि प्रचलनमा आएको अपसंस्कृतिमा मानव जाति बानी परेको हुन्छ । कार्लमाक्र्स र माओले भनेझैँ परिवर्तित राजनैतिक परिस्थितिमा पनि लामो समय सम्म पुरानै शासन व्यवस्था र शाषकको विचार र संस्कृति नेता,प्राज्ञ तथा बुद्धिजीवीमा हाबी हुन्छ ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन,को प्रदेश नं. १ प्रदेश सम्मेलन यही असार ३२ गते धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा हुन गइरहेको अवगत भएको छ ।
प्राध्यापक, शिक्षक तथा बौद्धिकहरु देशका दिमाग मात्रै होइनन् दिल पनि हुन् । बौद्धिक चिन्तन, मनन ,लेखन, शिक्षण र प्राध्यापन जस्ता कामहरुले दिमागी कुरा बुझाउँछ भने दिलले भावनात्मक, हार्दिक तथा मनोवैज्ञानिक पक्षलाई जनाउँछ । फलेको वृक्षको हाँगो निहुरन्छ निरन्तर भनेझैँ बौद्धिक वर्गमा कति विनम्रता, शालीनता र भद्रता छ भन्ने कुरा चाहिँ परीक्षणको घडीमा रहेको छ । किनभने माओले भनेझैँ परिवर्तित परिस्थितिमा पनि नेता तथा बुद्धिजीवीमा समेत पुरानै शाषक र शाषन व्यवस्थाको विचार, चिन्तन र संस्कृति हावी हुन्छ । यसमा विशेष सचेत हुन सकिएन भने पछौटे संस्कृति हाबी हुने खतरा हुन्छ । तुलनात्मक रुपमा प्रगतिशील क्षेत्रका प्राध्यापकहरुको आफ्नो उचाइ रहेको देखिन्छ । अझ प्रगतिशीलताका नाममा परिचालित माक्र्सवादी सैद्धान्तिक विचलन त्यसैले नाम मात्रको होइन कामकै प्रगतिशीलता अपरिहार्य हुन्छ । यस क्षेत्रमा समाजवादी प्रतिस्पर्धा भन्दा पुँजिवादी प्रतिस्पर्धाकै नखरा बढी देखिन्छ । यसै कारण यस क्षेत्रमा आन्तरिक अन्तविरोधहरु व्याप्त रहेका छन् । धेरैजसोले विषय, विज्ञता, विधा, क्षेत्र, नाक, नश्ल र भूगोल आदि आधारमा आफूलाई कि उच्चता बो वा नीचता बोध गर्ने प्रवृत्ति छ । हुन्छ । हजार सिद्धान्त भन्दा एउटा व्यवहार काफी हुन्छ । आआफ्ना विषयगत विज्ञता र प्राध्यापकीय कौशल मार्फत् आम विद्यार्थी जगत्मा आफ्नो लगनशील, इमान्दार तथा गहन प्रभाव पार्न सके मात्र एउटा प्राध्यापकले समाजमा प्रभाव पार्छ । देश र जनता विरोधी संगीन सबालमा लेख र रचनाहरु लेखेर समाजलाई प्रभावित पार्ने क्षमताका प्राध्यापकहरु यस्ता विषयमा मौन बस्छन् भने यो सबभन्दा घातक कुरा हुन्छ । माओले पढ्नु भनेको देशका लागि हो यसै भन्नु् भएको होइन । आफ्नो वर्ग र समुदायलाई जुरुक्कै उठाउने सोच र व्यवहार चाहिँ समाजवादी प्रतिस्पर्धा हो । यस खालको सोच र समझले मात्र प्रगतिशील संगठन प्रतिभाको फूलबारी हुन्छ । आफू एक्लै अघि बढ्ने एक्लो वीर बन्ने र आफू मात्र जान्ने हुन खोज्ने र हुँ भन्ने पँुजिवादी र सामन्ती प्रतिस्पर्धा हो । त्यसैले नामका लागि गतिशील र संगठन बनाउने हो यसको कुनै औचित्य प्रमाणित हुँदैन । वर्षमा एक दिन निस्तो खियापिया भोज मात्र गरेर यस औचित्य सिद्ध गर्न सकिन्न । सिरदेखि तिर सम्म पार्टीको कार्यकर्ताको मात्र पहिचानबाट कुनै प्राध्यापक र बुद्धिजीवीलाई समाजले पत्याउँदैन । एउटा बुद्धिजीवी तथा प्राध्यापकले लेख्दा, बोल्दा र सिर्जना गर्दा समाज तरङ्गित हुनुपर्छ । कम्तीमा नेतृत्व तह त्यस्तो हुनुपर्छ । सिरदेखि तिर सम्म सुस्त,शिथिल र कुनै प्राज्ञिक रापताप बिना पत्यारिलो हुन सकिन्न । ठगबन्धन सरकारका यावत् जनघाती, राष्ट्रघाती, आर्थिक अपचलनकारी, देशको ढिकुटी चरम दोहन गर्ने विषयले मुलुक श्रीलङ्का उन्मुख बनाउन खोजेको विषय विशेष छलफल हुनु जाती हुन्छ । ओली सरकारका सबै सकारलाई धारे हात लगाउनेहरु देशलाई असफल राष्ट्र बनाउन उद्यत प्रवृत्तिलाई व्यापक रुपमा उजागर गर्नुपर्छ ।
इटहरी–५ निवासी डा. पोखरेल एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुन् ।