विश्व रक्तदाता दिवस संक्षिप्त चर्चा

  • जेठ ३१, २०७९ / नेपाल रेखा
alt

कुनै पनि स्वस्थ्य व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशतभन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा विरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ ।
जस्तैः एक्सिडेन्ट, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई सिकलसेल एनिमीया, थेलेस्मीया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्याधिक रक्तश्राव भएमा । संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविस्कार भएपनि कृतिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्यक्तिलाई रगत दिनु प¥यो भने मानवीय रगत नै चाहिने हुन्छ त्यसै कारणले गर्दा रक्तदानको महत्वपूर्ण भूमिका रहेको छ । हरेक वर्ष विश्वभरका करोडौं मानिसलाई रक्तदाताबाट प्राप्त रगत दिएर बचाउने गरिएको छ । एक पौण्ड रगतले करिब ३ जना मानिसको जिवन बचाउन सकिन्छ । प्राचिन समयमा पनि एक व्यक्तिको रगत अर्को व्यक्तिलाई दिने प्रचलन भने चलि आएको थियो । तर, ब्लड ग्रुप नमिल्दा धेरै मानिसहरुको ज्यान जाने गर्दथ्यो ।
सन् १९०१ मा कार्ल ल्याण्डस्टेनरले अनेक खोजपछि ब्लड ग्रुप पत्ता लगाउनु भयो । त्यस समयबाट रगत दिने प्रक्रिया सहज भएर गयो । विश्व विख्यात नोवेल पुरस्कार विजेता उनै ल्याण्ड स्टेनरको जन्म दिवस जुन १४ मा पर्छ । तिनै महामानवको जन्म दिवसमा विश्व स्वास्थ्य संगठनले सन् २००४ बाट विश्व रक्तदाता दिवस मनाउने गरेको छ । आज विश्वका लाखौं मानिसहरु गर्वकासाथ रक्तदान गर्न आतुर हुन्छन् र अरुलाई पनि रक्तदान गर्न हौसला बढाइरहेका हुन्छन् ।


कस्ता मानिसहरुले रक्तादान गर्न सक्छन् ?

– शरीरको रक्तचाप सामान्य अवस्थामा रहेका व्यक्तिले,
– १८ बर्षदेखि ६५ बर्षसम्मका स्त्री तथा पुरुषले,
– ४५ किलोग्राम भन्दा बढी तौल भएका व्यक्तिले,
– कुनै पनि सरुवा रोगहरु जस्तैःएचआईभी, हेपटाइटिस् सी, हेपटाइटिस् बि, हेपटाइटिस सि, सिफलिस, मलेरिया रोग रगतबाट सरुवाहुने रोगहरु नभएका ।


कस्तो अवस्थामा रक्तदान गर्न मिल्दैन ?


–दिर्घकालीन रुपमा औषधी सेवन गरिरहने व्यक्तिहरु,
– क्यान्सर रोग लागेर उपचार गरिरहेका व्यक्तिहरु,
– महिनावरी भएको समयमा,
– ज्वरो, डाइरीया वा अन्य सरुवा रोगहरुले सताएको अवस्थामा,
– बच्चालाई दूध चुसाउने महिला,
– गर्भवती महिला,
– रगतको कमी भएका व्यक्तिहरु, मुटुरोग आदि ।
रक्तदान गर्न जानुभन्दा अघि र दान गरिसकेपछि के के कुरामा ध्यान दिने ?
– रक्तदान गर्नुभन्दा अघि केही हल्का झोलियो खाना खाने,
– रक्तदान गर्नुभन्दा २४ घण्टा अघि र पछि रक्सी वा नशालु पदार्थ सेवन नगर्ने,
– रक्त दान गरि सकेपछि झोलिलो शक्ति दिने र संतुलित भोजन प्रयोग गर्ने ।
–रक्त दान गरेको ४÷५ घण्टासम्म वजनदार भारी नबोक्ने, धेरै दौडधुप नगर्ने,

रक्तदानसम्बन्धि परंपरागत सोच तथा गलत धारणाहरु

– रक्तदान गर्दा कमजोरी हुन्छ,

– दाँत हलिन्छ र छिटो झर्छ,
– शरीरको प्रतिरोधात्मक शक्ति घटेर धेरै रोगहरुले सताउँछ,
– शरीरको रक्तचाप अस्थिर हुन्छ,
– धेरै दिनसम्म आराम चाहिन्छ,
– रोगहरु सर्छ ,
– दुखाई धेरै हुन्छ,
– रक्तदान गरेको हात पछि गएर सुक्छ,
– केस झर्छ,
– आँखा कमजोर हुन्छ इत्यादि ।

रक्तदान गर्दाका फाइदाहरु
– नामबाटै प्रष्ट हुन्छ कि दान गर्नु हाम्रो संस्कारअनुसार एकदमै महत्वपूर्ण र भलो कामको रुपमा चित्रण गरिन्छ । संसारमा भएका प्रायः सबै धर्म शास्त्रहरुमा पनि दानलाई पहिलो स्थान दिएको पाइन्छ । पूरानो समयमा हाम्रा अग्रजहरु दान गर्नु भन्दा अगाडि निराहार वर्त वसी स्नान गरेर मात्रदान गर्ने प्रचलन थियो । यसले दान गर्ने दातालाई बडो आनन्द आउँथ्यो भने घरका साना नानीहरुमा समेत सेवा गर्ने भाव जागृत हुन्थ्यो । रक्तदानले त झन् मानिसको ज्यान नै बचाउने भएको हँुदा यसका फाइदाहरु यहाँ अक्षरले वर्णन गरेर नै सकिदैन । घरमा भएका साना नानीबाबुहरुमा समेत सेवा भाव जागेर आउने भएको हुँदा रक्त दानलाई महादान पनि भन्ने गरिन्छ । यसमा रक्तदाताको कुनै खर्चसमेत नलाग्ने हुदा धनी, गरिब सबैको पहुँचमा छ रक्त दान ।
शरीरमा स्फुर्ति ल्याउँछ
– शरीर र मनमा भएको सकरात्मक असर र आत्म सन्तुष्टिले मन प्रफुलित रहनुका साथै रोगसँग लड्ने क्षमताको विकास हुन्छ ।
– मुटु स्वास्थ्य रहनुका साथै शरीरमा आइरन तथा राता रक्तकोषिकाको मात्रा संतुलित गर्दछ ।
– शरीरको तौल संतुलित गर्छ,
– लिभर क्यान्सरको जोखिम कम गर्छ,
– रक्तचापलाई संतुलित राख्न सहयोग गर्छ,
– हड्डीको घनत्व बढाएर हड्डी तथा जोर्नीहरुलाई दरो बनाउनछ,
– रगतमा भएको ज्यादा कोलेस्ट्रोल र अनावश्यक बोसोको मात्रालाई कम गर्छ,
– रक्त संचारको बृद्धि भई शरीरका सबै अंगहरुमा सकरात्मक असर पर्छ,
– रक्तदानबाट शरीरको रंग, जात, धर्म, लिङ्ग, वर्ग, क्षेत्र आदिको विभेद अन्त्य गर्न सहयोग गर्दछ । किनकी दान रगत जसको जसलाई पनि जरुरी हुनसक्छ ।
अन्त्यमा मानव जिवनमा निश्चित समयमा रगत बन्ने र विग्रने प्रक्रिया चलिनैरहन्छ । यसलाई साँचेर राखेता पनि त्यो आफैं विग्रेर जाने हुन्छ । रक्तदान गरी जिवन बचाउनु संसारकै पुन्य काम भएको हुँदा रक्तदातालाई विभिन्न संघसंस्थाले सम्मान गर्ने संस्कार बसाउनु जरुरी छ । आज पनि विश्वमा रगतको चरम अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमले केही हदासम्म रगतको पूर्ति गरी अकालमा ज्यान गुमाउनबाट बचाउन सकिन्छ । त्यसैले सम्पूर्ण महानुभावहरुमा रक्तादान गर्न अनुरोध गर्दै रक्तादाता दिवसको असिम शुभकामना व्यक्त गर्दछु ।


लेखकः इन्खा एकीकृत अस्पताल इटहरी–४, सुनसरीका अध्यक्ष हुन् ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]