किरात स्वायत्त राज्यको निम्ति बृहत संघर्षको उठान गर्नेछौं’ ज्ञान किराती केन्द्रीय सचिव किराती राष्ट्रिय मुक्ति मोर्चा

  • भदौ १८, २०७८ / नेपाल रेखा
alt


गणतन्त्र मार्ग निर्माण समिति अध्यक्ष (इटहरी हलगडा टोल विकास अन्तर्गत), किरात साँस्कृतिक कला केन्द्रको अध्यक्ष, किरात राई सुन्निमा संघ सुनसरी जिल्ला सल्लाहाकार, किरात राई यायोख्खाको प्रकास इटहरी (५ र ७ वडा कमिटि) सल्लाहाकार हुनुहुन्छ ज्ञान किराती ।

२०३० सालमा भोजपुर हालको आमचोक गाउँपालिका वडा नम्बर–६ तुम्मा बाराताङ, साविक देवानटार गाविसमा बुबा कमानसिंह राई–आमा शीरमाया राईको कोखबाट जन्मिएका ज्ञान किराती हाल इटहरी–५ गणतन्त्र मार्ग हलगडा टोलमा बसोबास गर्नुहुन्छ ।
उहाँ बिभिन्न सामाजिक तथा राजनीतिक संघ, संस्थाको स्थानीयदेखि केन्द्रीय नेतृत्वमा समेत रहनु भएको छ ।
ज्ञान किराती किरात राई वान्तवा खिम केन्द्रीय कार्य समितिको केन्द्रीय अध्यक्ष साथै नेकपा माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव पनि हुनुहुन्छ । उहाँसँग पूर्वी हटलाइन दैनिकका संवाददाता रमेश लुइटेलले गरेको कुराकानीको सारसंक्षेप ः

4 (1)

१. तपाईंको परिचय ?


– म ज्ञान किराती (काम्दुङ) । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर ५ गणतन्त्र मार्ग हलगडा टोलमा बस्छु ।


२ यतिबेला के गर्दै हुनुहुन्छ ?


– यतिखेर म किरात राई वान्तवा खिम केन्द्रीय कार्यसमिति अन्तर्गत संगठन विस्तार गर्ने सिलसिलामा किरातहरुले माग्दै किरात प्रदेशभरि घुमिरहेको छु । तर, संघीय र प्रदेश सरकारले यसलाई एक नम्बर प्रदेश मात्र भनिरहेको छ ।


३ तपाईं किरात प्रदेशको अभियन्ता भन्नुहुन्छ ? तर, निवर्तमान प्रदेश १ मुख्यमन्त्री शेरधन राई हुदा तपाईंले उठाएको ऐजेण्डाले सार्थकता वा मुतरुप त नपाएको देखियो नि ?


– पहिलो कुरा त निवर्तमान मुख्यमन्त्री शेरधन राई आफैंमा किराती भएको तर, उहाँले किरात प्रदेशप्रति कुनै पनि चासो नदेखाउनु भएकोले उहाँको राजनीतिक सोचप्रति सम्पूर्ण किराती समुदायहरु दुखिद भइरहेको अवस्था छ । उहाँ पहिलो तथा संस्थापक मुख्यमन्त्री हुनुको नाताले पनि किराती समुदायले आफ्नो, भाषा, धर्म, संस्कृति, आर्थिक अधिकार, राजनीतिक अधिकार, सामाजिक अधिकारको सम्वद्र्धनको आशा राखेका थिए तर, यी ऐजेण्डालाई उहाँले नजरअन्दाज गरेर विदा हुनु भयो ।


३ विराटनगरमा भएको प्रदेश १ को अस्थायी राजधानीलाई इटहरीमा ल्याएर स्थायी बनाउने सवालमा तपाईंले पनि विगतमा अगुवाई गर्नु भएको थियो, यसबारेमा चाँही तपाईंको धारणा के छ ?


– यो कुरा शेरधन राईले हिम्मत गरेको भए त्यतिबेला स्थायी राजधानीको लागि इटहरी कायम गर्न सकिन्थ्यो । ल्याउन सक्नु हुन्थ्यो तर, उहाँले गर्न सकिन्थ्यो तर, उहाँले भारतको सीमाना नजिक विराटनगरलाई राजधानी कायम गरेर सम्पूर्ण प्रदेशवासीलाई धोका दिनु भयो । पहिलो कुरा त नेपाल र भारतबीच सीमा विवाद भइरहेको अवस्थामा सीमा नजिकै राजधानी कायम गर्नु सम्पूर्ण दृष्टिकोणले गलत देखिन्छ ।


४ यतिबेला चाँही किरात प्रदेशको नामाकरणको सवाल ओझेलमा परेकोजस्तो देखिन्छ नि ?


– ओझेल परेको हैन, अब यो सवाल झन शसक्तरुपमा हामी उठाउँदैछौं । अहिले प्रदेशदेखि लिएर केन्द्रीय सरकारसमेत बदलिने, मुख्यमन्त्री, मन्त्रीहरु बदलिने भएको कुरा प्रमुख रुपमा उठेजस्तो देखिएकोले किरात राज्यको सवाल अलिक ओझेलमा परेकोजस्तो देखिएको हुनसक्छ तर, वास्ताविकता त्यस्तो होइन हामी किरातीहरु भित्रभित्रै यो मुद्दालाई अब अझ जोडदाररुपमा उठाउने तयारी गरिरहेका छौं ।


५ किरात राई वान्तवा खिमले चाँही के कस्तो ऐजेण्ड बोकेर काम गरिहरहेको छ त ?


– यो एउटा भाषिक संस्था हो । यो विसुद्ध सामाजिक संस्था हो तर, किरात राज्यको आवाजलाई किरात राई वान्तवा खिमले पनि सामाजिक रुपमा उठाउन पाउने अधिकार छ, अर्थात यो हाम्रो सामाजिक राजनीतिक अधिकार पनि हो । यसैमा हामी केन्द्रित भएका छौं ।


६ किरात राई वान्तवा खिमले अन्य संस्थागत कामहरु चाँही के–के गरिरहेको छ त ?


– किरात राई वान्तवा खिमको मुख्य गरी तीन ऐजेण्डा छन् । संगठन विस्तार, खिमको केन्द्रीय कार्यालय निर्माणको लागि जग्गा खरिद तथा भवन निर्माण र वान्तवा मातृभाषा शैक्षिक संस्थाहरुमा पठन–पाठन यी तीन ऐजेण्डाको वरीपरि रहेर हामी कार्यक्षेत्रमा खटिरहेका छौं । यी मध्ये जग्गा तीन कठ्ठा ८ जग्गा इटहरी–१० खरिद गरिसकेको अवस्था छ । अब यही जग्गामा भवन निर्माणमा जुटिरहेका छौं । संगठन विस्तारको सवालमा भन्नु हुन्छ भने काठमाडौं उपत्यकादेखि पूर्वका ताप्लेजुङ्ग जिल्ला र केही नगर, उपमहानगर र गाउँपालिकाहरुमा पनि खिमको समिति गठन गरिएको छ । भोजपुर आमचोकको पृथ्वी जय प्रावि, मकालु आधारभूत विद्यालय, इलाम, पाँचथर, धनकुटामा पनि मातृ भाषा वान्तवा भाषा विद्यालयहरुमा पठन–पाठन सुरु भइसकेको छ ।


७ किरात साँस्कृतिक कला केन्द्रले चाँही यतिबेला आफ्नो गतिविधि कसरी अगाडी बढाइरहेको छ ?


– किरात साँस्कृतिक कला केन्द्रले एउटा नृत्य प्रशिक्षण केन्द्र संचालन गरिरहेको छ । यो इटहरी ५ हलगडामा नै चलिरहेको छ । तर, यतिबेला भने कोरोना भाइरसको कूप्रभावको कारण सोचजति काम गर्न सकिएको छैन । अवस्था सहज भएपनि हामी यसलाई प्रभावकारीरुपमा संचालन गर्नेछौं । विगतकोजस्तै वार्षिक सांगितिक कार्यक्रम चाडवाडहरुमा प्रस्तुत गर्नेछौं । यी कामका साथै सुन्निमा संघ सुनसरी जिल्ला कार्य समितिमा विभिन्न आर्थिक, भौतिक र राजनीतिक सहयोग गरेर इटहरी उपमहानगरपालिका ५ हिमालय टोल स्थित जिल्ला कार्यालय निर्माणमा पनि मैले योगदान पु¥याएको छु । किरात राई यायोख्खाको गतिविधिमा पनि संलग्न भएको छु ।


८ किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव हुँ भन्नु हुन्छ यो पदमा रहेर चाँही के कस्ता ऐजेण्डा उठाइरहनु भएको छ र काम कसरी गरिरहनु भएको छ ?


– किराती राष्ट्रिय मुक्ति मोर्चाको सचिवको हैसियतले भन्नु पर्दा हाम्रो मोर्चाको ऐजेण्डा पनि किरात स्वायत्त राज्य नै हो । किरात स्वायत्त राज्य स्थापनाका लागि आन्दोलनको क्रममा धेरै योद्धाहरु सहिद तथा घाइते हुनु भएको छ । उहाँहरुकै योगदानले आज खुलम खुला यो ऐजेण्डा हामीले उठाउन पाइरहेका छौं तर, अहिले केन्द्रीय राजनीतिकै कारण यो मोर्चा कही कतै ओझेलमा परेजस्तो देखिन्छ । तर, अब हामी चांडै मोर्चालाई शसक्त बनाएर किरात स्वायत्त राज्यको निम्ति अर्को ठुलो संघर्षको उठान गर्नेछौं । धन्यवाद ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]