कृषि

    Showing 81-90 of 191 items.
  • अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो । “चालु आवमा जिल्लाम

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • 520 पटक पढिएको
    • नेपाल रेखा
  • अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

    भोजपुर । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् । मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलबायु नमूना कार्यक्रमअन्तर्गत अर्गानिक ख

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 279 पटक पढिएको
    • नेपाल रेखा
  • लकडाउनले बनायो दिलकुमार लामालाई ड्रागन कृषक

    बाबुराम कार्कीइटहरी । जागिरे जीवन बिताएर घर फर्किएपछि कोही घर गृहस्थी मै रमाउछन्, कोही व्यापार व्यावसाय गर्न थाल्छन् । उमेर भएकाहरु वैदेशिक राजगारीतिर पनि लाग्छन् । तर, धरान–१८ का नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी निरिक्षक दिलकुमार लामा सिउडी प्रजातिको ड्रागन फल खेतिमा लागेका छन् ।६६ वर्षीय दिलकुमार लामालाई दुई वर्ष अघिसम्म ड्रागन फलको बारेमा केहि थाहा थिएन । कोरोना कालको लकडाउनका बेला युट्युवमा हेरेको ड्रागन फल खेतीका जानकारीमूलक भिडियोहरु उनका लागि प्रेरणा बनेका छन् । त्यसबेला उनले हेरेको भिडियोले नै उनलाई व्यवसायिक ड्रागन खेतीसम्म पुर्यायो । युट्युवबाट ड

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 429 पटक पढिएको
    • नेपाल रेखा
  • दूध उत्पादनमार्फत किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

    सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिनुहुन्थ्यो । उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए ।गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी &lsq

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 198 पटक पढिएको
    • नेपाल रेखा
  • सोलुका किसान भन्छन् – आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

    सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८–०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९–०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०–०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्लाामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आइडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा विगतम

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • 173 पटक पढिएको
    • नेपाल रेखा
  • गुन्द्रुकको ‘ब्रान्डिङ’ बिक्री गर्ने जिम्मा गाउँपालिकाको

    इलाम । इलामको रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्् । रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उहाँलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र ! तर कमलाले अहिले व्यावसायिक रूपमा नै साग खेती गर्नुभएको छ । उहाँको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 129 पटक पढिएको
    • नेपाल रेखा
  • कटहरीका किसानलाई तुलसीखेती तालिम

    कुमोद अधिकारी विराटनगर । मोरङको कटहरी गाउपालिकाले तुलसी खेती सम्वन्धि दुई दिने तालिम शुरु गरेको छ । तुलसी खेतीवाट जडिवुटि उत्तपादन गर्न सहज होस भन्ने उद्देश्यले सो पालिकाले बिहीवार देखी किसानलाई तालिम दिन शुरु गरेको हो ।पालिकाका ३५ जना किसान सहभागी भएको सो तालिमको पालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । पालिकाले वडा नम्बर ५ का किसानलाई तुलसीखेतीका लागि प्रतिकठ्ठा तीन हजार रुपैया अनुदान दिने निर्णय गरेको छ ।किसानले उत्पादन गरेको तुलसीका सुकेका पात, जरा तथा डाठ खरिद गर्न जडिवुटी उत्पादन गर्दै आएको सो पालिकमा रहेको गुराँस हर्वास्युटिकल्स प्रालिसंग खरिद सम्झौता गरेर तालिम दिन शुरु गरेको

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 162 पटक पढिएको
    • नेपाल रेखा
  • इच्छाकामनामा सुन्तला महोत्सव

    चितवन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो ।महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउनुभयो । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।”महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

    इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उहाँ बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिनुहुन्छ । उहाँले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गर्नुभएको छ । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आउनुभएको छ ।चुलाचुलीमा नै पहिलोपटक

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 149 पटक पढिएको
    • नेपाल रेखा
  • कोदो र फापर फलाउने किसानलाई अनुदान

    मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर–३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गर्नुभयो । भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्य

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 149 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]