कृषि

    Showing ८१-९० of ११३ items.
  • शडक पूर्वाधार जोगाउन बाढी र डुबान ब्यवस्थापनको खाँचो : वडा सदस्य खड्का

      जनक पाण्डे । मोरङ्ग / वडामा भएका पूर्वाधार बिकाशलाई दिगो राख्न बर्खामा हुने अनियन्त्रित बाढी र डुवानको समस्यालाई ब्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता रहेको पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले बताउनु भएको छ ।  धरातलिय स्वरुपमा होचो बनौट कोे भूभाग रहेको ५ नं. वडामा नवनिर्मित शडक पूर्वाधार बर्खामास पानीमा डुब्ने, बाढीले भत्काउने र बगाउने खतरा रहिनै रहेको जानकारी गराउँदै ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले यस्तो बताउनु भएको हो । वडामा सिंचाईका लागि कुलो र पैनिको सन्तुलित ब्यवस्थापन हुनसके शडक पूर्वाधार, बाटोघाटोमा अनियन्त्रित पानीको प्रभावले हुने क्षय न्यूनिकरण ग

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • ४०७ पटक पढिएको
    • "नेपाल रेखा"
  • विविध विकासमा पथरी शनिश्चरे ६ नम्बर वडा

      जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल

    • प्रकाशित मितिः आश्विन २९, २०७७
    • ३५० पटक पढिएको
    • "नेपाल रेखा"
  • ढिलासुस्ती गर्ने संघ र प्रदेश दोष पाउने स्थानीय तह

    नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत

    • प्रकाशित मितिः आश्विन २६, २०७७
    • ५२१ पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा पाइन्छ सुत्केरी गाई, भैंसीको भत्ता

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो । इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • ६४७ पटक पढिएको
    • "नेपाल रेखा"
  • निकासी कर बढेपछि अलैँची व्यवसायी मारमा

    झापा । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० (भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताउनुभयो । “नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।

    • प्रकाशित मितिः श्रावण ४, २०७७
    • ३७२ पटक पढिएको
    • "नेपाल रेखा"
  • लायन्स क्लबहरुको सक्रियतामा २ सय ८५ बिरुवा रोपियो

    इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी, लियो क्लब अफ स्मार्ट सिटी र नयाँ लायन्स क्लब अफ् एक्टिभले आफ्नो कार्याकाल सुरु भएको पहिलो हप्तामै इटहरीका विभिन्न ८ स्थानमा संयुक्तरुपमा बृक्षरोपण गरेका छन् । यी क्लबहरुको सक्रियतामा आँप, लिची, अनार, कागती, कपुर, अशोक, मसला, टिक, रुद्राक्षका २ सय ८५ विरुवा रोपण गरिएको छ । मदन स्मृति आधारभूत बिद्यालय इटहरी १३, सहिद स्मृति आधारभूत बिद्यालय इटहरी १८, जेबि टुहुरे फाउन्डेसन इटहरी १०, सुकुमारी खोला इटहरी–६, मनमोहन आधारभूत बिध्यालय इटहरी १०, कबिर मा.बि. इटहरी–६ र इटहरी रंगशाला इटहरी–९ मा बृक्षा रोपण गरिएको हो । जुलाइ १ मा डिस्ट्रिक फस्ट गभर

    • प्रकाशित मितिः असार २३, २०७७
    • ६३६ पटक पढिएको
    • "नेपाल रेखा"
  • कौशीखेति गर्नेलाई हौसला बढाउदै इटहरी उपमहानगर

    इटहरी । इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेती गर्न २ वटा समूह नै निर्माण गरेका छन् । बजार क्षेत्रका महिलामा कौशीखेतीप्रतिको आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत तालिम दिएर आवश्यक समाग्री डमस्टेन, हजारी र मलविउ उपलब्ध गराइएको हो । उपमेयर लक्ष्मी गौतम तथा वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले ती समाग्री हस्तान्तरण गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर बनाउने योजना अन्तर्गत बजारका महिलालाई

    • प्रकाशित मितिः असार २२, २०७७
    • २३३ पटक पढिएको
    • "नेपाल रेखा"
  • असारे भाकासँगै बेठी परम्परा पनि लोप हुदै

    खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए ।

    • प्रकाशित मितिः असार २१, २०७७
    • २७१ पटक पढिएको
    • "नेपाल रेखा"
  • सलह नियन्त्रणलाई गण्डकीमा ‘र्यापिड रेस्पोन्स’ टोली

    कास्की । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (¥यापिड रेस्पोन्स टोली) गठन गरेको छ । छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो । टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव

    • प्रकाशित मितिः असार १५, २०७७
    • २४७ पटक पढिएको
    • "नेपाल रेखा"
  • अल्लोको कपडा बनाउने उद्योग लकडाउनको मारमा

    दीपक कार्कीविराटचौक । पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पूर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग लकडाउनका कारण मारमा परेको सञ्चालकले गुनासो गर्नु भएको छ । लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पदार्थ ल्याउन नपाएको कारण मारमा परेको लुमा घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गर्नु भएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा २०७१ साल देखि सञ्चालनमा आएको लुमा घरेलु अल्लो कपडा उद्योग तथा ट्रेनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग, संखुवासभा देखि ल्याउने गरेका सञ्चालिका राईले बताइन् । कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर त

    • प्रकाशित मितिः असार ७, २०७७
    • ४१२ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]